Butwal Today

सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो

६ माघ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

सुनचाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ ।

हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलाको ५ हजार ८ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?