© २०२३
काठमाडौँ ।
सुनचाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ ।
हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलाको ५ हजार ८ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।