दाङ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीनवटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले उत्साहपूर्ण वातावरणमा मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दाङ निर्वाचन क्षेत्र नम्बर १ ,२ र ३ मा ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसबाट योगेन्द्र चौधरी, नेकपा एमालेबाट रेबती रमण शर्मा, नेपाली कम्युनिस्ट पार्टीबाट मेट्मणी चौधरी , नेशनल रिपब्लिक नेपालबाट मिनबहादुर ठेडी मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट खुम बहादुर गाहा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय बिसीले उम्मेदवारी दर्ता गराए।
यस्तै, राष्ट्रिय परिवर्तन पार्टीबाट रञ्जित चौधरी , जनता समाजबादी पार्टीबाट भरतलाल चौधरी ,राष्ट्रिय जनमोर्चाबाट गणेश प्रसाद आचार्य तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट प्रकाश साही , स्वतन्त्रबाट कुलप्रसाद केसी र मणिराम यादवले उम्मेदवारी दर्ता गराएका छन् त्यसैगरि रास्वपाबाट देवराज पाठकको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए ।
यस्तै दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट शंकर पोख्रेल, नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्य, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, राष्ट्रिय जनमोर्चाबाट मनिराम खनाल, नेपाल मजदुर किसान पार्टीबाट नवीनकुमार शाहीले उम्मेदवारीको दर्ता गराए ।
रास्ट्रिय स्वतन्त्र पार्टीबाट बिपिनकुमार आचार्य , रास्ट्रिय जनमुक्ति पार्टीबाट रबिन्द्र उच्च नेपाली , राप्रपा ऋषिकेश पोखरेल , आम जनता पार्टीबाट कृष्णबहादुर सुनार , जनता समाजबादी पार्टीबाट ढुन्डीराज थापा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट प्रतीक अधिकारी, मितेरी पार्टीबाट रेखबहादुर पुनमगर , नागरिक उन्मुक्ति पार्टीबाट झरेन्द्रबहादुर खत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट अम्मर बहादुर बुढा, नेशनल रिपब्लिक नेपालबाट जितन पुन तथा स्वतन्त्र उम्मेदवारका रूपमा धर्मराज शर्मा, बिस्णुबिक्रम सेनवली , लालबहादुर खत्री ,विष्णु कुमारी भुसाल, पदम प्रसाद पाण्डे, कल्पना लामा, समीर वली र बालाराम पौडेलले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काग्रेसका दिपक गिरी ,नेकपा एमालेका घनश्याम पाण्डे , नेपाली कम्युनिष्ट पार्टीबाट धन बहादुर मास्कीले उम्मेदवारी दिएका छन ।
त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी, राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, मंगोल नेशनल अर्गनाइजेशनबाट घनश्याम चौधरी उम्मेदवार रहेका छन् । श्रम संस्कृति पार्टीबाट टोपबहादुर महतरा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट बल बहादुर ओली, राष्ट्रिय प्रजातान्त्र पार्टीबाट दामोदर भण्डारी , मितेरी पार्टी नेपालबाट सन्तोष सिह , जनता समाजबादी पार्टीबाट शोभा डाँगीले उम्मेदवारी दिए।
राष्ट्रिय जनता पार्टीबाट पाण्डबी नेपाली, नेशनल रिपब्लिकन पार्टीबाट प्रीतम चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट घनश्याम थापा, संयुक्त नागरिक पार्टीबाट दलबीर कामी, श्रम सस्कृति पार्टीबाट टोपबहादुर महतरा, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) बाट बलबहादुर वली, नागरिक उन्मुक्ति पार्टीबाट महेश चौधरीको उम्मेदवारीको परेको छ ।
त्यसैगरी स्वतन्त्र उम्मेद्बारहरुमा भागिराम चौधरी , गोपालबहादुर वली, शुरेश नेपाली , प्रेमबहादुर वली, महेश डाङी, यामबहादुर बस्नेत, भरत परियार, इन्द्रबहादुर बस्नेत, सप्रीक कडेलको उम्मेदवारीको दर्ता भएको छ।