© २०२३
काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा–२ बाट प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप)का उम्मेदवार डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार उनी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर रहेका छन् । चुनाव नलड्ने बताएका उनले आइतबार मात्रै चुनावमा उठ्ने घोषणा गरेका हुन् ।