Butwal Today

“काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा

६ माघ २०८२, मंगलवार
अ+
अ-

जितपुर, ०६ माघ ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट टिकट नपाएपछि आशिष शर्माले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै शर्माले आफूले नेपाली काँग्रेस परित्याग गरेको स्पष्ट पारेका छन् ।

“मैले नेपाली काँग्रेस छोडेँ,” उनले भने, “पार्टीले मलाई पत्याएन, त्यसैले स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएको हुँ ।” पार्टीभित्र लामो समयदेखि सक्रिय रहे पनि उचित मूल्याङ्कन नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

शर्माका अनुसार पार्टी नेतृत्वले स्थानीय कार्यकर्ता र जनभावनालाई बेवास्ता गर्दै टिकट वितरण गरेको छ । त्यसको विरोध स्वरूप आफू स्वतन्त्र उम्मेदवार बनेको उनको भनाइ छ । उनले कपिलवस्तु–१ का मतदातासँग प्रत्यक्ष अपिल गर्दै विकास, सुशासन र जबाफदेहितालाई आफ्नो चुनावी एजेन्डा बनाएको बताएका छन् ।

कपिलवस्तु–१ मा काङ्ग्रेसभित्रको असन्तुष्टिले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?