अर्घाखाँची ।
अर्घाखाँचीमा विभिन्न पाटी र स्वतन्त्र गरि अहिलेसम्म १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधि सभाको लागि नेपाली काङ्ग्रेसबाट विष्णुप्रसाद खनाल (मुस्कान) काे उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री समेत रहेका मुस्कानले दर्ता गरेका हुन् । उनी सहित १३ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
नेकपा एमालेबाट पीताम्बर भुसाल, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रामबहादुर चाैहान, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरि प्रसाद भुसाल, राष्ट्रिय प्रजातन्त्र पाटीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पाटीबाट पुष्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाहले उम्मेदवारी दिएका छन् ।
त्यस्तै मङ्गल नेशनल अर्गनाइजेसन पाटीबाट सूर्य बहादुर गुरुङ, जनता समाजवादी पाटीबाट टुकबहादुर ज्ञवाली आम जनता पाटीबाट दुर्गाबहादुर भाट क्षेत्री,
नेकपा माओवादीबाट खेम घर्ती र स्वतन्त्रबाट हिमाल भुसालले उम्मेदवारी दिएका छन् ।