ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न

५ माघ २०८२, सोमबार
५ माघ २०८२, सोमबार

काठमाडौं ।

दुई तथा तीन पाङ्ग्रे सवारी साधन उत्पादनमा विश्वव्यापी अग्रणी कम्पनी टिभीएस  मोटर कम्पनीले नेपालमा टिभीएस  अपाचे रेसिङ एक्सपिरियन्स (एआरइ जिपी) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ।

यो कार्यक्रम टिभीएस अपाचे सिरिजको २० वर्षे गौरवपूर्ण यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा सम्पन्न भएको हो।

नेपालको पहिलो छनोट चरण सातुङ्गलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा आयोजना गरिएको थियो, जहाँ ६० भन्दा बढी राइडरहरू सहभागी भए भने ३०० भन्दा बढी दर्शक तथा मोटरस्पोर्ट्स पारखीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

टिभीएस एआरइ जिपी ले सहभागी राइडरहरूलाई सुरक्षित तथा रोमाञ्चक वातावरणमा व्यावसायिक रेसिङको तालिम लिन, प्रतिस्पर्धा गर्न र एड्रेनालिनले भरिएको रेसिङ अनुभव गर्न अवसर प्रदान गर्‍यो। सहभागीहरूलाई टिभीएस रेसिङ च्याम्पियनहरूद्वारा मार्गदर्शन तथा प्रशिक्षण प्रदान गरिएको थियो।

नेपालमा आयोजित यस प्रतिस्पर्धामा ६० भन्दा बढी राइडरहरूले १० वटा चुनौतीपूर्ण मोडहरू भएको व्यावसायिक रूपमा डिजाइन गरिएको ट्र्याकमा प्रतिस्पर्धा गरे, जहाँ उनीहरूको प्रदर्शन सबैभन्दा छिटो ल्याप टाइमका आधारमा मूल्यांकन गरिएको थियो।

च्याम्पियनसिप १६०सिसि, २००सिसि र ३१०सिसि गरी तीन श्रेणीमा सञ्चालन गरिएको थियो, जसले विभिन्न सेग्मेन्टका राइडरहरूलाई समान अवसरमा आफ्नो रेसिङ सीप परीक्षण गर्ने प्लेटफर्म प्रदान गर्‍यो।

प्रत्येक श्रेणीका शीर्ष तीन राइडरहरूलाई विशाल दर्शक समूहले उत्साहपूर्वक समर्थन गर्दै प्रशंसा गर्‍यो। उनीहरूलाई भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किट (एमआइसी) मा आयोजना हुने एआरइ जिपी फाइनल्समा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरियो ।

साथै, उनीहरूलाई रु. २५,००० नगद पुरस्कार तथा टिभीएस मोटरका विशेष राइडिङ गियरहरू पनि प्रदान गरियो। छनोट चरणका विजेताहरू अब अप्रिल २०२६ मा आयोजना हुने टिभीएस एआरइ जिपी ग्रान्ड फिनालेतर्फ अघि बढ्नेछन्।

सन् २००७ मा सुरु गरिएको टिभीएस रेसिङ एआरइ जिपी च्याम्पियनसिप आज टिभीएस अपाचे राइडरहरूका लागि मनोरञ्जन, सिकाइ र प्रतिस्पर्धाको संगम बनेको एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित भएको छ।

सन् २०२५ मा, यो च्याम्पियनसिप नेपाल, मेक्सिको र कोलम्बियासहित भारतका १७ सहरहरूमा विस्तार भई विश्वभर १,००० भन्दा बढी अपाचे राइडरहरूलाई समेट्न सफल भएको थियो। पहिलो संस्करणको उल्लेखनीय सफलतापछि, यो संस्करणले च्याम्पियनसिपलाई विश्वव्यापी मञ्चमा विस्तार गर्दै टिभीएस अपाचेका दुई दशक लामो रेसिङ डीएनए र नवप्रवर्तनलाई प्रतिबिम्बित गरेको छ।

श्रेणी विजेता – नेपाल छनोट चरण

१६०सिसि श्रेणीमा, सुजन थापा मगर विजेता घोषित भए भने विवेक पाण्डे पहिलो उपविजेता र प्रशान्त सुतीहार दोस्रो उपविजेता बने।

२००सिसि श्रेणीमा, अभिनव राज मल्ल विजेता बने भने निमेष थकुरी पहिलो उपविजेता र मिलन छुश्याबागा दोस्रो उपविजेता घोषित भए।

त्यसैगरी, ३१०सिसि श्रेणीमा, दिलिप दनुवार विजेता बने भने राम विक्रम थापा पहिलो उपविजेता र श्रीतेश थापा दोस्रो उपविजेता बने।

यस अवसरमा बोल्दै टिभीएस मोटर कम्पनीका प्रिमियम बिजनेस प्रमुख विमल सुम्ब्लीले भने, “ टिभीएस अपाचेको २० वर्षे यात्रालाई मनाउँदै गर्दा, टिभीएस रेसिङ एआरइ जिपी को अन्तर्राष्ट्रिय विस्तार हाम्रो सीमाना तोड्ने र नयाँ मापदण्डहरू स्थापना गर्ने यात्राको स्वाभाविक निरन्तरता हो।

टिभीएस रेसिङ एआरइ जिपी ले मोटरस्पोर्ट्स इकोसिस्टमको आधारभूत संरचना निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ र नेपालमा बढ्दो परफर्मेन्स मोटरसाइकल पारखी समुदायले यसलाई आदर्श गन्तव्य बनाएको छ।”

त्यसैगरी टिभीएस मोटर कम्पनीका अनुसन्धान तथा विकास (आए एन्ड डि) का वरिष्ठ उपाध्यक्ष आर. बाबुले थपे, “हामी यो रेसिङ प्लेटफर्ममार्फत राइडरहरूलाई व्यावसायिक स्तरको रेसिङ अनुभव प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं ।

नेपालमा टिभीएस मोटर कम्पनी एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भइसकेको छ र यहाँको दुई पाङ्ग्रे सवारी उद्योग निरन्तर रूपमा वृद्धि भइरहेको छ। ब्रान्डको बढ्दो विश्वव्यापी उपस्थितिसँगै, टिभीएस रेसिङले मोटरस्पोर्ट्सलाई विश्वमञ्चमा लैजाने ऊर्जावान, जोडिएको र गतिशील राइडर समुदाय निर्माण गरिरहेको छ।”

टिभीएस रेसिङ एआरइ जिपी को विश्वव्यापी विस्तारले यस प्लेटफर्मलाई एक प्रमुख अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्स च्याम्पियनसिपका रूपमा विकास गर्ने टिभीएस रेसिङको दीर्घकालीन दृष्टिकोणलाई स्पष्ट रूपमा उजागर गर्दछ।

वर्षौंदेखि टिभीएस रेसिङले विभिन्न श्रेणीमा ३,००० भन्दा बढी राइडरहरूलाई प्रशिक्षण दिँदै आएको छ, जसअन्तर्गत विश्वस्तरीय मार्गदर्शन, रेसका लागि ट्युन गरिएका मोटरसाइकलहरू तथा उच्चस्तरीय सुरक्षा उपकरणहरू प्रदान गरिएको छ।

दिनभर चलेको कार्यक्रममा ह्विली र्याम्प, स्टन्ट शो तथा जिमखाना सेसन जस्ता गतिविधिहरू समावेश थिए, जसले २०० भन्दा बढी दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्‍यो। कार्यक्रमको अन्त्यमा डिजे सुजन,डिजे किरण र डिजे साबिनको प्रस्तुतीले राइडर तथा मोटरस्पोर्ट्स पारखीहरूलाई पूर्ण मोटरस्पोर्ट्स फेस्टिभलको अनुभव प्रदान गर्‍यो।

यस अवसरमा जगदम्बा मोटर्सका म्यानेजिङ डाइरेक्टर शाहिल अग्रवालले भने, “मोटरस्पोर्ट्सले सधैं युवापुस्तालाई प्रेरित गर्दै आएको छ र नेपालबाट सुरु भएको टिभीएस एआरइ जिपी को अन्तर्राष्ट्रिय सुरुवातले युवाहरूको आकाङ्क्षालाई व्यवस्थित र व्यावसायिक रूपमा अघि बढाउन सहयोग गर्नेछ।

यो रेसिङ ढाँचाले परफर्मेन्स मोटरसाइकलिङको दृश्यता उल्लेखनीय रूपमा बढाउने, स्थानीय प्रतिभाको विकास गर्ने तथा डिलर सिपहरूलाई थप ऊर्जावान बनाउनेछ, साथै राइडर, मोटरस्पोर्ट्स पारखी र समुदायलाई एकै ठाउँमा जोड्नेछ।

नेपालका राइडरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न, विकास गर्न र देशको प्रतिनिधित्व गर्ने अवसर सिर्जना गर्न टिभीएस मोटर कम्पनीसँग साझेदारी गर्न पाउँदा हामी गर्व महसुस गर्छौँ।”

चार दशकभन्दा लामो रेसिङ विरासत बोकेको टिभीएस रेसिङले टिभीएस अपाचे सिरिजको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ, जसले हालै विश्वभर ६५ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरूको उपलब्धि पार गरेको छ।

एक अग्रणी प्रिमियम मोटरसाइकल ब्रान्डका रूपमा, टिभीएस अपाचेले परफर्मेन्स, प्रविधि तथा नवप्रवर्तनमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?