ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

प्रचण्डका पूर्व स्वकीयले पाए टिकट, ज्वाला र बस्नेत बाहिरिए

५ माघ २०८२, सोमबार
५ माघ २०८२, सोमबार

सल्यान, ५ माघ । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्री कार्यकालमा स्वकीय सचिवको जिम्मेवारी सम्हालिसकेका रमेश कुमार मल्लले सल्यानबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट पाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेसँगै पूर्व मन्त्री प्रकाश ज्वाला र  टेकबहादुर बस्नेत उम्मेदवारी दौडबाट बाहिरिएका छन् ।

लामो समयसम्म चलेको आन्तरिक छलफल र परामर्शपछि पार्टीले मल्ललाई उम्मेदवार बनाउने टुङ्गो लगाएको हो । उम्मेदवार चयनका क्रममा ज्वाला, बस्नेत र मल्लको नाम चर्चामा रहे पनि अन्ततः पार्टी निर्णय मल्लको पक्षमा गएको हो ।

जिल्लाबाट प्रत्यक्षतर्फ पाँच जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको थियो । पार्टी बैठकको निर्णयअनुसार धनबहादुर परियार र सीता विष्ट बस्नेतको नामसमेत सिफारिस भएकोमा प्रदेश कमिटीले प्रकाश ज्वाला, टेकबहादुर बस्नेत र रमेश कुमार मल्लको मात्र नाम केन्द्रमा सिफारिस गरेको थियो । केन्द्रको निर्णयसँगै ज्वाला र बस्नेत बाहिरिएका छन् ।

युवा नेता मल्ल तत्कालीन माओवादी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष हुन् । हाल उनी नेकपाका केन्द्रीय सदस्यका रूपमा सक्रिय छन् ।

प्रकाश ज्वाला सल्यान जिल्लाबाट पटक पटक निर्वाचित हुँदै आएका अनुभवी नेता हुन् । पूर्व सङ्घीय मन्त्री ज्वाला २०७९ मा प्रतिनिधिसभा सदस्य, २०७४ मा कर्णाली प्रदेशसभा सदस्य, २०७० मा संविधानसभा सदस्य तथा २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

ज्वाला पूर्व नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्षसमेत भइसकेका र हाल दुई पार्टी संयोजन समितिको कार्यदल सदस्यको जिम्मेवारीमा रहेका छन् ।

त्यसै गरी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री टेकबहादुर बस्नेत पनि अनुभवी राजनीतिज्ञका रूपमा चिनिन्छन् । उनी २०७४ मा प्रतिनिधिसभा सदस्य, २०६४ मा पहिलो संविधानसभा सदस्य, २०७० मा दोस्रो संविधानसभा सदस्य तथा २०६३ सालमा अन्तरिम व्यवस्थापिका सांसद सदस्यका रूपमा काम गरिसकेका छन्  ।

यसैबिच पार्टीले मल्ललाई उम्मेदवार बनाएको निर्णयप्रति उम्मेदवारीका आकाङ्क्षी रहेका प्रकाश ज्वालाले समर्थन जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ज्वालाले पार्टीभित्र सिफारिस भएका उम्मेदवारबिचको सहमति, वर्तमान राजनीतिक परिस्थिति र समयको मागलाई ध्यानमा राख्दै पार्टी संयोजक तथा सहसंयोजकको नेतृत्वमा निर्णय भएको उल्लेख गरेका छन् ।

सो निर्णयअनुसार रमेश मल्ललाई सल्यान जिल्लाबाट पार्टीको आधिकारिक उम्मेदवारका रूपमा अघि सारिएको जानकारी दिएका छन् । ज्वालाले यस पटक सल्यानले नयाँ अनुहार र युवा नेताका रूपमा रमेश मल्ललाई उम्मेदवार पाएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?