ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

नेपालमा जैविक खेतीको सम्भावना र चुनौती

५ माघ २०८२, सोमबार
५ माघ २०८२, सोमबार

नेपाल कृषि प्रधान देश हो । जनसङ्ख्याको ठुलो हिस्सा अझै पनि कृषि पेसामा आश्रित छ ।

परम्परागत खेती प्रणाली, विविध भौगोलिक अवस्था, जैविक मलको सहज उपलब्धता तथा रासायनिक मल–विषादीको सीमित प्रयोगका कारण नेपालमा जैविक खेतीको आधार पहिलेबाटै रहेको देखिन्छ ।

पछिल्ला वर्षहरूमा उपभोक्तामा स्वास्थ्यप्रति बढ्दो चेतना, वातावरणीय चिन्ता र अन्तर्राष्ट्रिय बजारको मागसँगै जैविक खेती नेपालका लागि एक महत्त्वपूर्ण सम्भावनाको क्षेत्रका रूपमा उभिएको छ । तर, यससँगै विभिन्न चुनौतीहरू पनि विद्यमान छन् ।

जैविक खेतीको अर्थ र आवश्यकता
जैविक खेती भन्नाले रासायनिक मल, विषादी, हार्मोन तथा जेनेटिक रूपमा परिमार्जित बिउ प्रयोग नगरी प्राकृतिक स्रोतमा आधारित खेती प्रणालीलाई बुझाउँछ ।

यसमा गोबर मल, कम्पोस्ट, हरियो मल, जैविक विषादी, फसल चक्र र जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिइन्छ । रासायनिक खेतीका कारण माटोको उर्वराशक्ति घट्दै जानु, पानी र खाद्य पदार्थ प्रदूषित हुनु तथा मानव स्वास्थ्यमा नकारात्मक असर पर्नुजस्ता समस्याले जैविक खेतीको आवश्यकता अझ बढाएको छ ।

नेपालमा जैविक खेतीको सम्भावना
नेपालमा जैविक खेतीको सम्भावना अत्यन्तै उज्यालो देखिन्छ । पहिलो, नेपालको धेरैजसो पहाडी र हिमाली क्षेत्रमा अझै पनि रासायनिक मल र विषादीको प्रयोग न्यून छ । यसले ती क्षेत्रलाई सजिलै जैविक खेतीमा रूपान्तरण गर्न सकिने सम्भावना दिन्छ ।

दोस्रो, नेपालमा गोठालो प्रणाली, पशुपालन र कृषि बीचको सम्बन्ध मजबुत भएकाले गोबर मल र जैविक मलको स्रोत प्रशस्त छ । तेस्रो, भौगोलिक विविधताका कारण नेपालमा तराईदेखि हिमालसम्म विभिन्न किसिमका बाली उत्पादन गर्न सकिन्छ ।

जैविक चामल, कोदो, फापर, कफी, चिया, अलैंची, अदुवा, बेसार, तरकारी तथा फलफूलजस्ता उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा बिक्री हुने सम्भावना छ । विशेषगरी नेपाली जैविक कफी र अलैंचीले विश्व बजारमा पहिचान बनाइसकेको छ ।

चौथो, पछिल्ला वर्षहरूमा शहरी क्षेत्रमा जैविक खाद्य वस्तुको माग तीव्र रूपमा बढ्दै गएको छ । मध्यम र उच्च आय भएका उपभोक्ताहरू स्वास्थ्यका लागि सुरक्षित खाना खोजिरहेका छन् । यसले किसानलाई जैविक खेतीतर्फ आकर्षित गरिरहेको छ ।

साथै, जैविक पर्यटन (इचनबलष्अ ब्नचय–तयगचष्कm) को सम्भावना पनि नेपालमा बढ्दो छ । पाँचौं, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जैविक खेती सहयोगी हुन्छ । माटोको संरचना सुधार, कार्बन सञ्चय र जैविक विविधताको संरक्षणमार्फत जैविक खेती दीगो विकासको आधार बन्न सक्छ । यस दृष्टिले पनि नेपालका लागि जैविक खेती रणनीतिक महत्वको विषय हो ।

नेपालमा जैविक खेतीका चुनौतीहरूः 
यति धेरै सम्भावना हुँदाहुँदै पनि जैविक खेतीको विस्तारमा विभिन्न चुनौतीहरू छन् । सबैभन्दा ठुलो चुनौती उत्पादन घट्ने डर हो । प्रारम्भिक चरणमा जैविक खेती अपनाउँदा उत्पादन कम हुने भएकाले किसानको आम्दानी घट्ने जोखिम रहन्छ ।

साना किसानका लागि यो जोखिम वहन गर्न गाह्रो हुन्छ । दोस्रो, जैविक मल र जैविक विषादीको वैज्ञानिक व्यवस्थापन र पर्याप्त आपूर्ति अझै चुनौतीपूर्ण छ । धेरै किसानले सही मात्रा, सही समय र सही विधिबारे जानकारी नपाएका कारण अपेक्षित परिणाम प्राप्त गर्न सकिरहेका छैनन् ।

तेस्रो, प्राविधिक ज्ञान र तालिमको अभाव छ । जैविक खेती सामान्य खेतीभन्दा बढी ज्ञान, धैर्य र व्यवस्थापन क्षमता माग्छ । तर, ग्रामीण क्षेत्रमा कृषि प्राविधिकको पहुँच सीमित छ । किसानहरू अझै पनि परम्परागत अनुभवमा भर पर्न बाध्य छन् ।

चौथो, जैविक प्रमाणीकरण प्रक्रिया जटिल र महँगो छ । साना किसानका लागि प्रमाणीकरण खर्च धान्न कठिन छ । प्रमाणीकरण नहुँदा उत्पादनलाई जैविक भनेर उच्च मूल्यमा बिक्री गर्न समस्या आउँछ । पाँचौं, बजार व्यवस्थापन कमजोर छ । जैविक उत्पादन र परम्परागत उत्पादन छुट्याएर बिक्री गर्ने प्रभावकारी प्रणाली अझै विकास हुन सकेको छैन ।

बिचौलियाको नियन्त्रण, मूल्य निर्धारणको अस्पष्टता र स्थायी बजारको अभावले किसान निरुत्साहित हुन्छन् । छैटौं, सरकारी नीति र कार्यक्रमको कार्यान्वयन पक्ष कमजोर छ । नीति त बनेका छन्, तर बजेट, अनुगमन र दीर्घकालीन योजनाको कमीले अपेक्षित परिणाम आउन सकेको छैन ।

समाधान र भावी बाटोः 
नेपालमा जैविक खेतीलाई सफल बनाउन दीर्घकालीन सोच र समन्वित प्रयास आवश्यक छ । उत्पादन घट्ने जोखिम न्यूनीकरणका लागि चरणबद्ध रूपमा जैविक खेती अपनाउने नीति ल्याउनुपर्छ । संक्रमण अवधिमा किसानलाई अनुदान, बीमा र प्रोत्साहन आवश्यक छ ।

किसानलाई प्राविधिक तालिम, जैविक मल–विषादी उत्पादन प्रविधि र बजार जानकारी उपलब्ध गराउनुपर्छ । स्थानीय स्तरमै जैविक प्रमाणीकरण प्रणाली विकास गरी लागत घटाउन सकिन्छ ।

सहकारी र किसान समूहमार्फत सामूहिक उत्पादन र बजारिकरणलाई प्रोत्साहन गर्नुपर्छ । सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाबीच सहकार्य गरी जैविक खेतीलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ । दीगो कृषि, स्वास्थ्य र वातावरण संरक्षणलाई जोड्ने नीति निर्माण गर्नु आजको आवश्यकता हो ।

निष्कर्षः 
नेपालमा जैविक खेती केवल कृषि प्रणाली मात्र होइन, दिगो विकासको मार्ग हो । यसले किसानको स्वास्थ्य, उपभोक्ताको सुरक्षा, माटोको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पु¥याउँछ । यद्यपि चुनौतीहरू छन्, तर सही नीति, प्रविधि र बजार व्यवस्थापनको माध्यमबाट ती चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ । दीर्घकालीन दृष्टिकोणका साथ अघि बढेमा जैविक खेती नेपालका लागि आर्थिक, सामाजिक र वातावरणीय समृद्धिको बलियो आधार बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?