© २०२३
काठमाडौँ ।
सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ५ हजार ८ सय १० रुपैयाँ पुगेको छ ।
हिजो सुनको भाउ तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५ हजार ६ सय २५ रुपैयाँ थियो । यसअघि पुस ३० गते बुधबार सुनको भाउ तोलामा २ लाख ७८ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ५ हजार ६ सय ५५ रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।
त्यसयता सामान्य घटबढ हुँदै आएको सुनचाँदीको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।