Butwal Today

सुनचाँदीको भाउमा फेरि कीर्तिमान, सुन तोलाको २ लाख ८२ हजार

५ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ५ हजार ८ सय १० रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५ हजार ६ सय २५ रुपैयाँ थियो । यसअघि पुस ३० गते बुधबार सुनको भाउ तोलामा २ लाख ७८ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ५ हजार ६ सय ५५ रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।

त्यसयता सामान्य घटबढ हुँदै आएको सुनचाँदीको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?