ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

ग्याँस सिलिन्डर दुर्घटना र सावधानी 

५ माघ २०८२, सोमबार
५ माघ २०८२, सोमबार

भारतको हिमाचल प्रदेशमा ग्याँस सिलिन्डर विस्फोट हुँदा नेपालको सल्यानस्थित एकै गाउँका ९ नेपालीको मृत्यु भएको घटनाले फेरी एक पटक ग्याँस सिलिन्डरको जोखिमबाट हुने मानवीय क्षतिको भयावहता छर्लङ्ग भएको छ ।

हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा एक साताअघि ग्याँस सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित सिद्धकुमाख गाउँपालिका २ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको थियो ।

एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका यतिबेला गहिरो शोकमा डुबेको छ । यो घटनाले ग्याँस सिलिन्डरको जोखिमबाट बच्न फेरी एक पटक सचेत बनाएको छ ।

आजभन्दा तीन बर्ष अघि नेपालकै चितवनको फूलबारीमा खाना पकाउने सिलिन्डरबाट ग्याँस चुहावट भई पड्किँदा एकजनाको मृत्यु भएको थियो । त्यसको ६ महिना अघि पनि भक्तपुरमा ग्याँस सिलिन्डर विष्फोटमा दुई व्यक्तिको मृत्यु भएको थियो । सिलिन्डर ग्याँस पड्किएकै कारण सुदूर पश्चिमको अछाममा पनि तीन बर्ष अघि दुईजनाको मृत्यु भएको थियो ।

त्यसअघि ग्याँस पड्किँदा कांग्रेस नेता चन्द्र भण्डारी गंभीर घाईते हुनुभएको थियो । उहाँकी आमा हरिकला भण्डारीको ग्याँस सिलिन्डर दुर्घटनामा मृत्यु भएको थियो । नेपालमा बेला बेलामा भैरहने यस प्रकारका ग्याँस सिलिन्डर दुर्घटनाबाट ठूलो मानवीय क्षति हुँदै आएको छ । यस प्रकारको दुर्घटना रोक्न आम नेपाली उपभोक्ता सचेत हुनु जरुरी छ ।

पूर्व सावधानी र सचेतनाले ग्याँस दुर्घटनाको जोखिमबाट बच्न सकिन्छ । त्यसका लागि फेरीपनि आम उपभोक्ता ग्याँस सिलिन्डरको जोखिमका विषयमा सचेत हुनु जरुरी छ । सिलिन्डर कहिले बनेको हो र त्यसको म्याद कति छ भन्ने विषयपनि उपभोक्ताले जान्नैपर्ने कुरा हो ।

ग्याँस विक्रेताहरूका अनुसार जोखिमबाट बच्न सिलिन्डरको घाँटीमा भएका तीनवटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिन्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ । सो कोडकै आधारमा सर्वसाधारणले सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन ।

भोलिको दिनमा आम उपभोक्ताले यी कुरामा सजिलै ध्यान पु¥याउन सकेको अवस्थामा जोखिम कम गर्न सकिन्छ र संभावित दुर्घटना रोकिन्छ । उदाहरणकै लागि अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ । जस्तै २३ अंक लेखिएको भएमा त्यसको म्याद २०२३ सम्म हो भन्ने बुझ्नुपर्दछ । ‘बी २३’ लेखिएको सिलिन्डरको म्याद सन् २०२३ को जुन महिनासम्म हो भन्ने बुझ्नुपर्दछ ।

यस हिसावले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिन्डर १६ अंकभन्दा मुनिको हुनु हुँदैन । अहिलेको मितिलाई ए १६ ले जनाउँदछ । तर, यो मिति अन्तिम मिति हुने भएकाले बजारमा २६ अंकसम्मका सिलिन्डर पाइन्छ ।

आम उपभोक्ताले बुझ्नुपर्ने महत्त्वपूर्ण विषय के हो भने एउटा सिलिन्डरको म्याद १० वर्षसम्म हुन्छ । १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ । तर ग्याँस उद्योगहरूले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको अवस्था छ ।

१० बर्ष पुराना सिलिन्डर विस्थापन गर्ने हो भने धेरै दुर्घटनाबाट जोगिन सकिन्छ । अबको दिनमा सरकार आफैले ग्याँस उद्योागको नविकरण गर्दा जोखिमयुक्त सिलिन्डर विस्थापनमा पहिलो ध्यान दिनु जरुरी छ । त्यसका अतिरिक्त उपभोक्ताले आफैपनि ग्याँस दुर्घटनाबाट जोगिन विभिन्न उपायको अवलम्बन र होसियारी अपनाउने तर्फ ध्यान दिनुपर्दछ ।

खाना पकाउँदा कोठाको झ्याल ढोका खुल्ला गर्ने, खाना पकाउन बस्दा सुतीको कपडा लगाउने, ग्याँसको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनैपनि उपकरण नचलाउँदा पनि जोखिमबाट बच्न सकिने हुँदा सचेतना उपभोक्ता आफैबाट सुरुवात गर्नु समयको माग र आवश्यकता पनि हो ।

यी महत्वपूर्ण सावधानीले दुर्घटनाबाट जोगिन सकिन्छ । भोलिको दिनमा आम सचेत उपभोक्ताले सिलिन्डरको म्याद नाघेको छ कि छैन भन्ने ख्याल गर्दा मात्रै पनि सुरक्षित हुन सकिने भएकोले उपभोक्ता सचेत हुने बेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?