ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

५ माघ २०८२, सोमबार
५ माघ २०८२, सोमबार

काठमाडौं, ५ माघ।

विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ ।

यस सिरिजमा चारवटा मोडेलहरू– रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश गरिएको छ, जसले विभिन्न प्रकारका प्रयोगकर्ताहरूलाई फरक–फरक सुविधाहरू प्रदान गर्नेछन् ।

यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन (एसआईसी) ब्याट्री रहेको छ जसमा १०% एसआईसी सामग्री छ । यसमा १००वाट हाइपरचार्ज रहेको छ जसले करिब ४० मिनेटमै पूर्णचार्ज गर्छ । साथै २२.५वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ ।

रेड्मी नोट सिरिजमा पहिलोपटक क्ष्ऋब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले सानो आकारमा बढी ऊर्जा क्षमता दिन्छ । सबै प्रो मोडेलहरूमा यो एसआईसी ब्याट्रीले शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछि पनि ८०% वा बढी क्षमता कायम राख्छ, जुन लगभग ६ वर्षको सामान्य प्रयोगको बराबर हो ।

यस डिभाइसले आईपी६६/आईपी६८/आईपी६९/आईपी६९के प्रमाणीकरण हासिल गरेको छ र एसजीएस–प्रमाणित २.५ मिटर ड्रप प्रतिरोधक क्षमता छ । कोर्निंग गोरिल्ला ग्लास विक्टस २ र फाइबरग्लास–कम्पोजिट निर्माणले यसलाई थप बलियो बनाएको छ ।

स्न्यापड्रागन ७ एस जेन ४ मा चल्ने यस डिभाइसमा शाओमी हाइपर एआई (एआई राइटिङ, स्पीच रिकग्निसन, र इन्टरप्रिटर सहित), शाओमी सर्ज टी१एस ट्युनर र किलोमिटर दूरीसम्म काम गर्ने अफलाइन कम्युनिकेसन सुविधा रहेको छ ।

रेड्मी नोट प्रो+ ५जीमा २००एमपी प्राइमरी क्यामेरा छ जसमा २एक्स र ४एक्स अप्टिकल–लेभल इन–सेन्सर जूम र ओआईएस फिचर छ । यसमा विश्वभर पहिलो पटक २००एमपी एचपीई इमेज सेन्सर प्रयोग गरिएको छ । एउटै लेन्स, ५ फोकल लेन्थ डीएजी एचडीआर र उन्नत एआई प्रशोधनले विभिन्न प्रकाशमा पनि विस्तृत र वास्तविक तस्बिरहरू दिन्छ ।

यस मोडेलमा शाओमी आइसलुप कूलिङ सिस्टम पनि छ, जुन यो मूल्य दायरामा एकमात्र एलएचपी कुलिङ समाधान हो र तीन गुणा हिट–ट्रान्सफर दक्षता र थर्मल–कन्डक्टिभिटी दिन्छ । ६.८३–इन्चको १.५के एमोलेड क्रिस्टल रेस डिस्प्लेले ३,२०० निट्स पिक ब्राइटनेस दिन्छ, र दुअल स्पिकरहरूले ४००% भोल्युम बूस्टको साथ इमर्सिभ मल्टिमिडिया अनुभव दिन्छ ।

कनेक्टिभिटीको लागि, प्रो मोडेलहरूमा फ्ल्यागशिप–लेभल शाओमी अफलाइन कम्युनिकेसन सुविधा छ, जसले नेटवर्क कभरेज नभएको अवस्थामा पनि किलोमिटर–स्तरको आवाज प्रसारण गर्न सक्छ । रेड्मी नोट १५ प्रो+ ५जी मा शाओमी सर्ज टी१एस ट्युनर पनि छ, जसले वाइफाइ, ब्लुटुथर, जीपीएस र सेलुलर नेटवर्कहरूमा बलियो र स्थिर कनेक्टिभिटी दिन्छ । यो कालो, ग्लेसियर निलो र मोका ब्राउन रङमा उपलब्ध छ ।

रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २००एमपी क्यामेरा सिस्टम र आईपी६६, आईपी६८, आईपी६९, आईपी६९के रेटिङ छ तर मिडियाटेकको डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६,५८० एमएएच सिलीकोन कार्बन ब्याट्रीले १,६०० साइकलपछि (लगभग छ वर्ष) ८०% क्षमता कायम राख्छ र ४५डब्लू मा चार्ज हुन्छ ।

एआई क्रिएटिभिटी असिस्टेन्टमा एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, र एआई रिमुभ रिफ्लेक्सन जस्ता उन्नत टूलहरू छन् । ६.८३–इन्चको डिस्प्ले प्रो+ को जस्तै छ, कोर्निंग गोरिल्ला ग्लास विक्टस २ सुरक्षा र ४००% भोल्युम–बूस्टेड दुअल स्पिकर्स सहित छ । यस मोडेलमा शाओमी अफलाइन कम्युनिकेसन छ र गुगल जेमिनी सर्कल टु सर्च समर्थन गर्छ । यो कालो, ग्लेसियर निलो, टाइटेनियम र मिस्ट पर्पल रङमा उपलब्ध छ ।

रेड्मी नोट १५ ५जी मोडेल ७.३५ मिलिमिटर प्रोफाइलसहित रेड्मी नोटको सबैभन्दा पातलो डिभाइस हो, तर यसमा ५,५२० एमएएच सिलिकन–कार्बन ब्याट्री छ । १०८ मेगापिक्सेल क्यामेराले ३ गुणा इन–सेन्सर जुम र ओआईएस दिन्छ, र पातलो भए पनि आईपी६६ वाटर रेजिस्टेन्स कायम छ ।

स्न्यापड्रागन ६ जेन ३ मा चल्ने यो यन्त्रमा ४५ वाट चार्जिङ छ र ६.७७ इन्चको एमोलेड डिस्प्लेले ३,२०० निट पिक ब्राइटनेस दिन्छ । एआई एडिटिङ टूलहरूमा इरेज, रिमुभ रिफ्लेक्सन, स्काई, बोके र ब्युटिफाई प्रकार्यहरू छन् । डुअल स्पिकरहरूले डल्बी एट्मोस सहित ३००% भोल्युम बूस्ट दिन्छ, र यसमा एनएफसी र इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सिङ समर्थन छ । यो कालो, ग्लेसियर निलो र मिस्ट पर्पल रङमा उपलब्ध छ ।

रेड्मी नोट १५ ४जी मोडेलमा ६,००० एमएएच ब्याट्री र १०८ मेगापिक्सेल क्यामेरा छ जसमा ३ गुणा अप्टिकल–स्तर टेलिफोटो छ । मिडियाटेक हेलियो जी१०० अल्ट्रा मा ४जी कनेक्टिभिटीसहित चल्ने यो यन्त्रको ६.७७ इन्चको एमोलेड डिस्प्लेमा १२० हट्र्ज रिफ्रेस रेट र ३,२०० निट ब्राइटनेस छ ।

आईपी६४ सुरक्षा, ३३ वाट चार्जिङ, डल्बी एट्मोस सहितको डुअल स्पिकरहरू र समान एआई एडिटिङ सुइट छ । कालो, ग्लेसियर निलो, मिस्ट पर्पल र फरेस्ट हरियो रङमा उपलब्ध यो मोडेल ८ जीबी ¥याम र ५१२ जीबी क्षमतासम्म आउँछ, र हाइब्रिड सिम स्लट मार्फत स्टोरेज विस्तार गर्न सकिन्छ ।

रेड्मी टाइटन, मजबुत बनावटमा तयार गरिएको, लामो समय टिक्ने ब्याट्री, झर्दा पनि कमैमात्र क्षति हुने क्षमता तथा धुलो र पानीबाट सुरक्षित रहने सुविधाहरु यो सिरिजमा छन् । यसले रेड्मी नोट उपकरणका लागि मजबुतीको नयाँ मापदण्ड स्थापित गरेको छ ।

सम्पूर्ण लाइनअपमा नयाँ प्रविधिको स्न्यापड्रागन र मिडियाटेक चिपसेटहरूले छिटो प्रदर्शन, सहज ग्राफिक्स र सुधारिएको ऊर्जा दक्षता दिन्छन् । सबै मोडेलहरूले गुगल जेमिनी र सर्कल टु सर्च समर्थन गर्छन् ।

सिरिजको शीर्षमा रहेको रेड्मी नोट १५ प्रो+ ५जी मा थप व्यक्तिगत र बौद्धिक एआई अनुभवका लागि शाओमी हाइपरएआई एकीकृत गरिएको छ । ६ जीबी+१२८ जीबी देखि १२ जीबी+५१२ जीबी सम्मका भेरियन्टहरूमा उपलब्ध, प्रत्येक मोडेलमा वेट टच २.० (भिजेको स्क्रिनमा पनि सहज सञ्चालन), गुगल जेमिनी एकीकरण, सर्कल टु सर्च र शाओमी हाइपरओएस छ ।

रेड्मी नोट १५ सिरिजको लन्च उत्सवको अवसरमा शाओमीले २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । यस अवधिमा सबै मोडेलहरूसँग शाओमी बड्समा विशेष छुटको साथ बन्डलिङ अफर पनि उपलब्ध छ ।

रेड्मी नोट १५ सिरिजका सबै मोडेलहरूमा ९ महिना ०% ईएमआई सुविधाको लाभ लिन सक्नेछन्, जसले फ्ल्यागशिप–स्तरका सुविधाहरू अझ सहज रूपमा प्राप्त गर्न मद्दत गर्नेछ । रेड्मी नोट १५ सिरिज अब नेपालभरि टेलिडाईरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि.को विस्तृत डिलर नेटवर्कमार्फत उपलब्ध छ ।

रेड्मी नोट १५ प्रो+ ५जीको १२जीबी+५१२जीबी र ८जीबी+२५६जीबी को मूल्य रु. ६६,९९९÷५९,९९९ रहेको छ । त्यस्तै रेड्मी नोट १५ प्रो ५जीको १२जीबी +५१२जीबी र ८जीबी+२५६जीबीको मूल्य रु. ५६,९९९/४९,९९९ छ । साथै रेड्मी नोट १५ ५जीको १२जीबी+५१२ जीबी र ८जीबी+२५६जीबीको मूल्य रु. ४६,९९९/३९,९९९ छ भने रेड्मी नोट १५ ४जीको ८जीबी+२५६जीबी र ६जीबी+१२८जीबी मूल्य रु. ३५,९९९/२९,९९९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?