Butwal Today

उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने

५ माघ २०८२, सोमबार
अ+
अ-

बाँके, ५ पुस ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई पदबाट राजीनामा दिने भएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनाव लड्नका लागि उपमेयर पदबाट राजीनामा दिएर फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् ।

उपमेयर राई पदबाट आजै राजीनामा दिएर चुनावी मैदानमा आउने बताएका छन् केही बेरमा पत्रकार सम्मेलन गरेर अधिकारीक रूपमा जानकारी गराउने तयारी भइरहेको उपमेयर राईले बताए ।

उनले भने— मधेसको मुद्दाको लागि विभिन्न व्यक्तिहरूले अवसर लिएको र अवसर पाएपछि मधेसको मुद्दा भुल्ने भएकोले आफू मधेसको मुद्दालाई अघि बढाउनकै लागि भए पनि उपमेयर पदबाट राजीनामा दिएर चुनाव लड्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?