ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

४ माघ २०८२, आइतबार
४ माघ २०८२, आइतबार

काठमाडौँ ।

एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ।

निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसरहरू प्रदान गर्नेछ ।

यो वर्षको क्रिएटर्स मेला भोलि ९२०८२ माघ ३० चितवनबाट सुरु हुँदै छ। त्यसपछि यो कार्यक्रम माघ १० गने नेपालगन्ज र माघ १६ र १७ गते काठमाडौँमा आयोजना हुनेछ।

सन् २०२३ मा सुरु भए देखिनै क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ। कार्यक्रमले नेपाली युवाहरूलाई कन्टेन्ट क्रिएशनमार्फत सशक्त बनाउने अनि डिजिटल नेपालको उद्देश्यमा टेवा पुर्‍याउने लक्ष्यलाई आत्मसाथ गर्दै आएको छ।

‘भिजन टु भेन्चर’ नारा रहेको यो वर्षको कन्टेन्ट क्रिएटर्स मेला सहभागीहरूका योजनालाई कार्यान्वयनयोग्य सीप तथा वास्तविक अवसरहरूमा बदल्नेमा केन्द्रित हुनेछ।

“क्रिएटर्स मेलाका लागि अमेरिकी दूतावाससँग निरन्तर सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। क्रिएटर्स मेलाले उदीयमान तथा स्थापित क्रिएटरहरूलाई डिजिटल कन्टेन्टको युगमा सबैभन्दा महत्त्वपूर्ण अनि प्रभावशाली सामग्री सिर्जना गर्न आफ्नो सीप तिखार्ने अवसर प्रदान गर्नेछ,”  एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् ।

“यो कार्यक्रमसँगै हामीले भिडियो प्रतिस्पर्धा पनि सञ्चालन गरेका छौँ जसमा दर्ता भएका सहभागीहरूले आफ्नो सीप प्रदर्शन गरेर पुरस्कार जित्न सक्छन्।”
विद्यार्थी अनि अझै सिक्ने चरणमै रहेका उदीयमान क्रिएटर लक्षित यो कार्यक्रमले क्रिएटरहरूलाई आफ्ना सामाग्रीलाई थप परिष्कृत गर्न, विश्वसनीय बनाउन अनि दिगो तथा रचनात्मक व्यावसायिक भविष्य तयार पार्न प्रेरित गर्नेछ।

त्यसै गरी, अमेरिकाको नेपालस्थित दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेलाले सिर्जनात्मक क्रियाकलाप मार्फत नेपालको अर्थतन्त्र सुदृढ गर्न सहयोग पुर्‍याउने संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता झल्काउने बताएका छन्।

“देशभर ज्ञान, सीप र सञ्जाल विस्तार गरेर हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई प्रवर्धन गरिरहेका छौँ। हामीले नेपाली क्रिएटरहरूलाई उनीहरूको प्रभाव स्थानीय स्तरमा मात्रै सीमित नगरी अमेरिकी व्यवसायी साझेदार तथा विश्व बजारमा समेत सफलता प्राप्त गर्न सक्ने गरी तयार पार्ने छौं जसले गहिरो आर्थिक सम्बन्ध र साझा समृद्धिलाई प्रोत्साहन गर्छ,” उनले थपे।

एनसेल भिडियो प्रतिस्पर्धा
क्रिएटर्स मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ जसअनुरूप मेलाका सहभागीहरूलाई इन्स्टाग्राम र टिकटकमा एक मिनेटको भिडियो अपलोड गर्न प्रोत्साहन गरिएको छ। क्रिएटरहरूलेस् ‘एनसेल फोरजीले तपाईँको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा केन्द्रित रहेर भिडियो तयार पार्नुपर्ने छ।

प्रतिस्पर्धीहरूले उक्त भिडियोमा एनसेललाई ट्याग गरेर ह्यासट्याग #क्रियटगरपोष्टगर अनि आफू सहभागी सहरलाई पनि ह्यासट्याग गरी भिडियो अपलोड गर्नुपर्नेछ।
मेलाकैबीच प्रत्येक सहरमा एक जना विजेता छनोट गरिनेछ र उनीहरूले नगद पुरस्कार ५०,००० रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसबाहेक विजयी प्रतिस्पर्धीले आगामी दिनहरूमा एनसेल फाउन्डेसनका विभिन्न क्रियाकलापहरूमा सहभागी हुने अवसर पनि प्राप्त गर्नेछन्। सन् २०२३ बाट सुरु भएदेखि यो कार्यक्रममा हालसम्म ५,००० भन्दा बढी क्रिएटरहरू संलग्न भइसकेका छन्। यो कार्यक्रमले देशका विभिन्न क्षेत्रका क्रिएटरहरूलाई एकै ठाउँमा ल्याएर व्यावसायिक ढङ्गबाट काम गरिरहेका व्यक्तिहरूबाट सिक्ने, उस्तै प्रकृतिका काम गरिरहेका समकक्षीहरूसँग जोडिने र कन्टेन्ट क्रिएसनलाई व्यावसायिक बनाउन उद्धत विशेषज्ञहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ।

मेलामा विभिन्न सत्रहरू हुनेछन्। कुनै विषय वा व्यक्तिमा केन्द्रित ‘स्पट लाइट’ सत्र देखि प्यानल छलफल अनि विभिन्न विषयवस्तुमा गम्भीर विमर्ष क्रिएटर्स मेलामा हुनेछ। कार्यक्रममा स्थापित कन्टेन्ट क्रिएटरहरूको यात्रालाई विभिन्न कोणहरूबाट विश्लेषण पनि गरिनेछ।

स्थापित क्रिएटरहरूले तयार पारेको सामाग्री देखि प्रस्तुति, दर्शकहरूको सङ्ख्यामा देखिएको वृद्धि, क्रिएटरको पहिचान र भिजिबिलिटी देखि प्रभावसम्मको यात्रा अनि दिर्घकालीन  व्यावसायिक विकाशसम्मका विषयवस्तु पनि उक्त कार्यक्रममा समेटिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?