© २०२३
बर्दिया, ४ माघ ।
मैले होइन बर्दियाले मलाई छोडेको पूर्व सांसद बामदेव गौतमले बताएका छन् ।
२०७० सालको प्रतिनिधि सभा सदस्यको बर्दिया र प्युठानबाट चुनाव लडेका बामदेव गौतमले बर्दियालाई छोडेर प्युठान गएका पूर्व सांसद गौतमले बर्दियाले मलाई छोडेपछि प्युठान गएको बताएका हुन ।
उनी भन्छन् मैले विकास गरेको बर्दियामा अरू कसैले राज गरेर बसेको छ त्यसको नतिजा बर्दियाका जनताहरूले यस पटक फेरी देखाउने छन् ।
उनले २०७४ सालको चुनावमा बर्दिया क्षेत्र नं. एक बाट चुनाव लडेपछि बर्दियाका जनताहरूले ४४०७६ भोट प्राप्त गर्दा समेत चुनावमा हर्नु परेको थियो । भने सञ्जय कुमार गौतमले ४४८२९ मत प्राप्त गरे जित हात पारेका थिए ।
गौतम ६ पटक चुनावमा होमिएका फेरी सातौँ पटका लागि बर्दियाको क्षेत्र नं. १ बाट चुनाव लड्नका लागि नेपाल कम्युनिस्ट पार्टीबाट चुनाव सिफारिस भएका छन् । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि पार्टीले सिफारिस गरेका छ ।
नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता बामदेव गौतम बर्दिया निर्वाचन क्षेत्र नम्बर १ सँग सबैभन्दा गहिरो रूपमा जोडिएका नेतामध्ये एक हुन् । तीन दशकभन्दा बढी समयदेखि उनले यही क्षेत्रलाई आफ्नो राजनीतिक आधार बनाएर प्रतिनिधि सभा र संविधान सभासम्मको यात्रा तय गरेका छन् ।
जित–हार दुवै स्विकार्दै निरन्तर राजनीतिमा सक्रिय रहनु उनको बर्दिया–१ सँगको विशेष सम्बन्धको प्रमाण मानिन्छ ।बामदेव गौतमले बर्दिया क्षेत्र नं. १ बाट कुल ६ पटक प्रत्यक्ष चुनाव लडेका छन् । उनको पहिलो निर्वाचन सहभागिता २०४८ सालमा सुरु भएको हो ।
त्यसयता प्रत्येक राजनीतिक परिवर्तनसँगै उनले यही क्षेत्रबाट जनमत माग्दै आएका छन् । २०४८ सालको प्रतिनिधि सभा निर्वाचन, २०५१ सालको प्रतिनिधि सभा निर्वाचन, २०५६ सालको प्रतिनिधि सभा निर्वाचन, २०६४/६५ सालको संविधान सभा निर्वाचन, २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा निर्वाचन चुनाव लडेका थिए ।
यसरी बर्दिया–१ मा उनको चुनावी उपस्थितिले झन्डै तीन दशकको निरन्तरता देखाउँछ । बामदेव गौतमले बर्दिया–१ बाट तीन पटक चुनाव जितेका छन् र तिन पटक चुनाव हारेका छन् । उनले पहिलो पटक २०४८ सालमा प्रतिनिधि सभा सदस्यका रूपमा जित निकाले ।
त्यसपछि २०५१ सालमा पुनः यही क्षेत्रबाट निर्वाचित हुँदै संसद्मा प्रवेश गरे । लामो अन्तरालपछि २०७० सालको संविधान सभा निर्वाचनमा उनले तेस्रो पटक बर्दिया–१ बाट जित हासिल गरे । यही निर्वाचनमा उनले प्युठान–१ बाट पनि विजय प्राप्त गरेका थिए, जुन उनको राजनीतिक जीवनको महत्त्वपूर्ण उपलब्धि मानिन्छ ।
जितसँगै हार पनि उनको राजनीतिक यात्राको हिस्सा बन्यो । २०५६ सालमा प्रतिनिधि सभा निर्वाचनमा उनी पराजित भए । त्यसपछि २०६४/६५ सालको संविधान सभा निर्वाचनमा पनि उनले बर्दिया–१ बाट हार व्यहोर्नुप¥यो । पछिल्लो पटक २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी नेपाली काँग्रेसका उम्मेदवार सञ्जय कुमार गौतम सँग झिनो मतान्तरले पराजित भएका थिए ।
यसरी बर्दिया–१ मा उनको चुनावी परिणाम तीन जित र तीन हारमा सीमित रह्यो । यही यात्रालाई निरन्तर गर्नका लागि उनी यस पटक फेरी बर्दिया १ बाट चुनावी मैदानमा होमिन तयार भएका छन् । तर बर्दियाका जनताहरू पुराना भन्दा नयाँ अनुहारको खोजी रहेको सुनिन्छ ।
बामदेव गौतम केवल सांसद मात्र होइन, सरकारको शक्तिशाली मन्त्रालय सम्हालेका अनुभवी नेता पनि हुन् । उनले मन्त्री पद चार पटक सम्हालेका थिए, जसमा दुई पटक गृह मन्त्री र दुई पटक उपप्रधानमन्त्री रहेका थिए ।
बामदेव गौतमले नेपालको सबैभन्दा संवेदनशील मानिने गृह मन्त्रालय दुई पटक सम्हालेका छन् । पहिलो पटक १९९७–१९९८ मा उनी गृह मन्त्री बने । दोस्रो पटक २००८–२००९ मा माओवादी नेतृत्वको सरकारमा पुनः गृह मन्त्रीको जिम्मेवारी पाए । दुवै कार्यकालमा उनी शान्ति–सुरक्षा, प्रशासन र राजनीतिक व्यवस्थापनमा निर्णायक भूमिकामा देखिए ।
त्यस्तै, उनले उपप्रधानमन्त्रीको जिम्मेवारी पनि दुई पटक सम्हालेका छन् । पहिलो पटक २००८–२००९ मा र दोस्रो पटक २०१४–२०१५ मा उनी उपप्रधानमन्त्री बने । दोस्रो कार्यकालमा उनले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेको पूर्व सांसद गौतमले बताए ।
२०७० सालको चुनावमा दुई ठाउँबाट चुनाव जितेपछि बर्दियालाई छोडेर गएपछि बर्दियाका जनताहरूले बर्दियालाई छोडेको अनुभूति २०७४ सालमा गराएका थिए । उनलाई २०७४ सालको चुनावमा २०७० सालमा बर्दियालाई छोडेको नतिजा देखाएका थिए । तर पनि उनी बर्दियाबाट फेरी चुनाव लड्न तयार भएका छन् ।