© २०२३
काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा रायसहित उनीनिकटका नेता तथा कार्यकर्ता जसपा प्रवेश गरेका हुन् । रायसहितका नेताहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरे ।
त्यस्तै, चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन् ।