ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय

४ माघ २०८२, आइतबार
४ माघ २०८२, आइतबार

काठमाडौं-निर्वाचन आयोगले माघ ५ गते सोमबारबाट निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगको आज आइतबार बसेको बैठकले भोलिबाट आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ताको अघिल्लो दिन आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। माघ ६ गते प्रत्यक्षतर्फ मनोनयन दर्ताको कार्यक्रम छ।

आचारसंहिताले प्रचारप्रसार, उम्मेदवारले गर्ने गतिविधि, सरकारले गर्ने नियुक्ति र सञ्चार माध्यमहरूले प्रकाशन गर्ने समाचारहरूको अनुगमन गर्नेछ।

निर्वाचन आचारसंहिताले सरकारी स्रोत-साधन दुरूपयोग गरेर कुनै पनि उम्मेदवारको पक्षमा प्रयोग गर्न रोक लगाएको छ।

सामाजिक सञ्जाल दुरूपयोगमा पनि रोक लगाइएको छ। त्यस्तै, गलत, भ्रामक सूचना, द्वेषपूर्ण अभिव्यक्ति वा एआई दुरूपयोग गरी प्रचारप्रसार गर्न रोक लगाइएको छ।

आचारसंहिताले निर्वाचन हुनुभन्दा ४८ घन्टाअघि मौन अवधि तोकेको छ। राजनीतिक दलले टिभी र रेडियोमा बढीमा दिनको चार पटक विज्ञापन गर्न पाउनेछन्। एउटा विज्ञापन बढीमा एक मिनेट लामो हुनुपर्नेछ। विज्ञापन बजाउँदा एक घन्टाको अन्तरमा बजाउनुपर्नेछ। सञ्चार माध्यमले सशुल्क विज्ञापन भएको खुलाउनुपर्नेछ।

दलहरूले निर्वाचन प्रचारप्रसार बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्र गर्न पाउनेछन्। जुलुस गर्दा सडकको एकतिहाइ भाग मात्र ओगट्न पाइनेछ। निर्वाचन क्रममा गरिने आमसभा र भेलाको जानकारी प्रहरीलाई २४ घन्टा अगावै दिनुपर्नेछ।

राजनीतिक दलहरूलाई सार्वजनिक स्थानमा झन्डा, चुनाव चिह्न टाँस्न र तोकिएको आकारभन्दा ठूलो सामग्री प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। एउटा दलले एउटा कार्यक्रममा बढीमा १० वटा झन्टा प्रयोग गर्न पाउने छन्।

दलहरूले निर्वाचनका लागि खोलेको कार्यालयमा तीन फिट उचाइ र चार फिट लम्बाइको ब्यानर राख्न पाउनेछन्। टिसर्ट, क्याप, ब्याग लगायतमा चुनाव चिह्न छाप्न वा वितरण गर्न पाइने छैन।

आचारसंहिताले अन्तिम मतपरिणाम आएको १५ दिनभित्र उम्मेदवारले निर्वाचन खर्चको विवरण अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरेको छ। उम्मेदवारले निर्वाचनको खर्च छुट्टै बैंक खाता खोलेर गर्नुपर्नेछ। ५० हजार रूपैयाँभन्दा बढीको भुक्तानी बैंकबाटै गर्नुपर्नेछ।

उम्मेदवारले बढीमा दुई वटा गाडी र चार वटा घोडा प्रयोग गर्न पाउने छन्। निर्वाचनमा विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न रोक लगाइएको छ।

त्यस्तै, सरकारी कर्मचारी र शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुन रोक लगाइएको छ। कर्मचारी र सुरक्षाकर्मीले कुनै दलको पक्ष वा विपक्षमा प्रचार गर्न पाउने छैनन्। सामाजिक सञ्जालमा कुनै राजनीतिक पोस्ट गर्न रोक लगाइएको छ।

आचारसंहिता लागू भएपछि निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गर्न पाइने छैन। विद्यालय वा विश्वविद्यालय हाताभित्र राजनीतिक भेला वा प्रचार गर्न निषेध गरिएको छ।

सरकारका मन्त्री तथा स्थानीय कार्यपालिकाहरूले कुनै योजनाको शिलान्यास वा उद्घाटन गर्न पाउने छैनन्। नयाँ पद सिर्जना वा पदपूर्ति गर्न पाउने छैनन्। त्यस्तै, सरकारी भ्रमण क्रममा कुनै दलको प्रचार गर्न पाउने छैन।

आयोगले निर्वाचन आचारसंहिता उल्लघंन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्छ। साथै, एक लाख रूपैयाँसम्म जरिवना गर्न सक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?