© २०२३
काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् ।
आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्रमुखले प्रमुखलाई राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ ।
बालेनले आजैका मितिबाट लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको बताएका छन् । उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् कि आगामी प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने भएपछि पदबाट राजीनामा दिनु परेको हो ।
