Butwal Today

जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु

४ माघ २०८२, आइतबार
अ+
अ-

 काठमाडौं ।

 जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले अनलाइनखबरलाई जानकारी दिनु भयो कि बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो । धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिक दुर्घटनामा परेको हो ।

एसपी कटुवालले भने, ‘जनकपुरबाट धनकुटाको भेडेटार पुगेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो । यसमा १ बच्चासहित ५ जनाको मृत्यु भएको छ । १२ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’

उनले मृतक र घाइतेहरू बसका यात्रु हुन् वा दुर्घटना भएको ठाउँमा किचिएका हुन् भन्ने कुरा अहिले पक्का नभएको बताए । बसले दुर्घटनामा औषधि पसल न्यु शबा मेडिकलमा ठोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?