Butwal Today

एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी

३ माघ २०८२, शनिबार
अ+
अ-

बुटवल-नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन्।

पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा पौडेलले पछिल्लो समय पार्टीमा मौलाएको अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली बेइज्जती संस्कृति, मोलाहिजा र गुटगत मोविज्ञानसँग सहमत हुन नसकेर पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

पौडेल एमाले नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए । उनी एमाले सरकारमा हुँदा कानुन आयोगको सदस्य समेत भएका थिए ।

पार्टी परित्याग गरी स्वतन्त्र रहने उनको दाबी छ । पौडेल तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष, तीन कार्यकाल एमाले रुपन्देहीका सचिवालय सदस्य, इलाका र क्षेत्रीय कमिटी सदस्य रहेका थिए ।

पौडेलले आफूलाई सरकारी नियुक्ति दिन सहयोग गरेका भन्दै पार्टी उपााध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र तत्कालीन मुख्यमन्त्री लिला गिरीलाई धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?