ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

छोराको सम्झनामा बनेको उद्यम

सन्तान गुमाउने पीडाले कल्पना गुरुङ शाक्यको जीवन शून्यजस्तै बनेको थियो । तिनाउ नदीले छोरा खोसेपछि उनी मानसिक रूपमा पूर्ण रूपमा थला परिन् । तर समयसँगै आँसु पुछ्दै उनले आफ्नै सीपलाई सहारा बनाइन् । आज त्यही पीडाबाट जन्मिएको श्रम ‘पाल्पाली बुहारीको कोसेली’ बनेको छ । यो कथा दुःखलाई शक्तिमा बदल्ने एक आमाको साहस हो ।
३ माघ २०८२, शनिबार
३ माघ २०८२, शनिबार

बुटवल, ३ माघ ।

जीवन कहिल्यै सीधा र सहज बाटोमा मात्र हिँड्दैन ।

कहिलेकाहीँ असह्य पीडा, असम्भाव्य दुःख र सहनै नसकिने घाउ बोकेर पनि मानिस अघि बढ्न बाध्य हुन्छ । बुटवलकी कल्पना गुरुङ शाक्यको जीवन कथा यही यथार्थको प्रत्यक्ष उदाहरण हो—जहाँ सन्तान गुमाउने पीडाले थिचेकी एक आमाले आँसु पुछ्दै आत्मनिर्भरता र आशाको बाटो रोजिन् ।

बुटवल क्षेत्रलाई बजार बनाएर फेन्सी पसल सञ्चालन गर्दै आएकी कल्पना शाक्यको जीवन सामान्य थियो ।

श्रीमान् राजेन्द्र शाक्य पनि व्यापारमै संलग्न थिए । छोरा–छोरीसहितको सानो परिवार, ठुलो सपना होइन–दैनिक जीवन चलाउने, सन्तानका आवश्यकताहरू पूरा गर्ने र इमानदार श्रमबाट खुसी खोज्ने चाहना मात्र थियो । दिनरातको परिश्रम नै उनीहरूको जीवनको आधार थियो ।

तर २०७५ सालको चैत मसान्त, उनीहरूको जीवनमा कहिल्यै नबिर्सने कालो दिन बनेर आयो । नयाँ वर्ष मनाउने भन्दै घरबाट निस्किएका उनीहरूका एक मात्र छोरा कहिल्यै नफर्किने गरी बिदा भए । बुटवलको तिनाउ नदीको माथिल्लो ड्यामले कल्पनाको काख उजाड बनायो ।

दुई सन्तानलाई ईश्वरको वरदान ठानेर बाँचिरहेका दम्पती एकाएक असह्य पीडामा डुब्न पुगे । “खाउँखाउँ–लाउँलाउँ भन्ने उमेरको छोरा गयो,” छोरालाई सम्झँदै कल्पनाका आँखामा आँसु भरिन्छ । “कहिलेकाहीँ त मरूँ–मरूँ जस्तो पनि लाग्यो । तर श्रीमान् र छोरीको मायाले बाँधेर राख्यो,” उनी भन्छिन् ।

सन्तान वियोगको पीडाले कल्पनालाई गम्भीर मानसिक समस्यामा पु-यायो । लामो समयसम्म उनले केही गर्न सकिनन् । व्यवसाय ठप्पजस्तै भयो । छोराको सम्झनाले दिनरात सतायो । “सन्तान गुमाउने पीडा भोगेकाले मात्र बुझ्छ– मुटु नै फुटेजस्तो हुन्छ,” उनी भावुक हुँदै भन्छिन् ।

मानसिक समस्याले उनलाई शारीरिक रूपमा पनि कमजोर बनाउँदै लग्यो । यसले श्रीमान् र छोरीलाई समेत असर गर्न थाल्यो । तर जीवन रोकिँदैन । बाँच्नैपर्छ– त्यो पनि स्वस्थ भएर ।

“न त सन्तानको पीडा भुल्न सकिन्छ, न त सम्झेर केही गर्न सक्ने अवस्था रहन्छ,” यही दोधारमा उनले आफूलाई व्यस्त राख्ने बाटो खोजिन् । त्यही बाटो नै उनको नयाँ व्यवसाय बन्यो– आत्म उद्धारको माध्यम ।

एक छिमेकी दिदीको आग्रहमा २० वटा सेल रोटी बनाएर दिएको क्षण नै उनको जीवनको टर्निङ पोइन्ट बन्यो । त्यो सानो प्रयासबाट सुरु भएको यात्राले आज एउटा पहिचान बनाइसकेको छ । छिमेकीले उनको सीपको प्रचार गरिदिए । अर्डर आउन थाले । त्यहीँबाट उनले आफ्नो सीपलाई व्यवसायमा रूपान्तरण गर्ने निर्णय गरिन् ।

श्रीमान् राजेन्द्र शाक्यको निरन्तर साथ र सहयोगले कल्पनालाई थप हौसला दियो । “हरेक काममा उहाँको साथ छ,” कल्पना भन्छिन् ।
आज उनी बुटवलको देवसिद्ध चोक नजिकै आफ्नै घरबाट ‘पाल्पाली बुहारीको कोसेली’ नाममा घरेलु खाद्य सामग्रीको व्यवसाय सञ्चालन गरिरहेकी छन् ।

यो व्यवसाय उनको आम्दानीको स्रोत मात्र होइन, मनलाई शान्त पार्ने औषधी पनि बनेको छ । बिहानैदेखि अर्डर टिप्ने, सामग्री तयार गर्ने र दिनभरि काममै व्यस्त रहने कल्पनाको दिन यसै गरी बित्छ । साँझ परेपछि हिसाब–किताब मिलाउने र भोलिको तयारीमा लाग्ने उनको दैनिकी बनेको छ ।

यहाँ ग्राहकको अर्डरअनुसार सेल रोटी, अर्सा, फिनी, अनरसा, जुम्ली, बटुक, यमरी, बारा, फुरन्दाना, खुर्मा लगायतका परिकार तयार हुन्छन् । रोटीको मूल्य ६० रुपैयाँदेखि ३५० रुपैयाँसम्म पर्छ ।

रोटीमा मात्र सीमित नरही उनले विभिन्न प्रकारका अचार पनि बनाउँदै आएकी छन् । आँप, मुला लगायतका मौसमी अचारदेखि चिकेन, बफ अचार र खसीको सुकुटीसम्म । सुत्केरी महिलाका लागि जडीबुटीबाट तयार गरिएको सुत्केरी मसला पनि उनको अर्को लोकप्रिय उत्पादन हो ।

अझ रोचक कुरा के छ भने, उनले व्यवसायका लागि औपचारिक प्रचार–प्रसार गरेकी छैनन् । टिकटकमार्फत आफ्ना उत्पादनबारे जानकारी दिने र ग्राहकलाई धन्यवाद भन्ने उनको साधारण शैली नै प्रभावकारी बनेको छ । यही माध्यमबाट उनका उत्पादन देश–विदेशसम्म पुग्न थालेका छन् ।

‘काममा व्यस्त हुँदा अरू कुरा सोच्ने समय नै मिल्दैन,’ उनी भन्छिन् । ‘ग्राहकको चित्त बुझ्छ कि बुझ्दैन भन्ने चिन्तामै दिन बित्छ । यसैले छोराको याद पनि कम आउन थालेको छ ।’

अहिले बढ्दो अर्डरका कारण उनले दुई जना महिला दिदीबहिनीलाई रोजगारीसमेत दिएकी छन् । यसले उनको व्यवसायलाई मात्र होइन, अरूको जीवनमा पनि आशा थपेको छ ।

श्रीमान् राजेन्द्र शाक्य भन्छन्, ‘छोराको मृत्युपछि हाम्रो घरको खुसी सकिएको जस्तो लागेको थियो । तर श्रीमतीको व्यवसायले फेरि उज्यालो ल्याएको छ ।’ उनका अनुसार सन्तान सधैँ आमाबाबुका लागि प्रिय हुन्छन्, तर नियतिको अगाडि कसैको केही लाग्दैन ।

‘हामीले पाएको भाग्यलाई स्वीकार गरेर, बाँकी जीवन सुन्दर बनाउने प्रयासमा छौँ । यसको माध्यम हाम्रो यही व्यवसाय हो,’ उनी भन्छन् ।
आज जब धेरैले ‘व्यवसाय गर्ने वातावरण छैन’, भनिरहेका छन्, त्यही समाजमा शाक्य दम्पती उदाहरण बनेका छन् । आफ्नै घरबाट, आफ्नै सीप प्रयोग गरेर आत्मनिर्भर बन्ने उनीहरूको प्रयास प्रेरणादायी छ ।

कल्पना शाक्यको कथा सन्तान वियोगको पीडाबाट जन्मिएको साहस, श्रम र आत्मबलको कथा हो । यसले सिकाउँछ–यदि हामीसँग सीप छ, इच्छाशक्ति छ र निरन्तर प्रयास गर्ने हिम्मत छ भने पीडालाई पनि शक्तिमा बदल्न सकिन्छ ।

यस्ता साना घरेलु उद्योगी र व्यवसायीको संरक्षण र प्रोत्साहन आजको आवश्यकता हो, किनकि यिनै प्रयासले समाजमा आशा र आत्मनिर्भरताको दियो बालिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?