Butwal Today

२६५२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको गगन समूहको दाबी

२ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा सभापति भएको समूहले आफूहरूले निर्वाचन आयोगमा २६५२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको बताएको छ । सो समूहका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार सार्वजनिक गरेको धारणामा आफूहरूले बिहीबार २६५२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाइएको उल्लेख छ ।

‘विशेष महाधिवेशनको माग गर्दा २४८८ जना महाधिवेशन सदस्यको संख्या रहेको, जुन सम्पूर्ण सदस्य संख्या ४६३५ को ५४.५८ प्रतिशत रहेकोमा महाधिवेशनमा सहभागी संख्या २६५२ अर्थात् ५७.२१ प्रतिशत रहेको जानकारी गराइन्छ,’ समूहका महामन्त्री घिमिरेले सार्वजनिक गरेको धारणामा लेखिएको छ ।

घिमिरेले विशेष महाधिवेशन आयोजनाको लागि निवेदनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रतिनिधि मध्ये २९ जना महाधिवेशन प्रतिनिधिले मात्र फिर्ता लिएको अभिलेख सचिवालयमा रहेको पनि जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?