© २०२३
बुटवल । नेपाली बजारमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै आएको सेलट्रोन नेपाल प्रा. लि., हनर एआई उपकरणहरूको नेपालस्थित आधिकारिक बिक्रेताले दसैं–तिहार उपहार योजनाअन्तर्गत उत्कृष्ट बिक्री प्रदर्शन गर्ने रिटेल साझेदारहरूलाई भेस्पा र अप्रिलिया स्कुटरहरूबाट सम्मान गरेको छ ।
लुम्बिनीका १५ भन्दा बढी मोबाइल पसलहरूलाई उत्कृष्ट व्यापार गरेको भन्दै शुक्रवार बुटवलस्थित हायात होटलमा आयोजित कार्यक्रममा स्कुटर वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै हनर नेपालका देश प्रमुख श्री डेभिडले रिटेल साझेदारहरूको निरन्तर साथ र समर्थनप्रति धन्यवाद व्यक्त गर्दै नेपाली बजारमा अत्याधुनिक एआई प्रविधियुक्त उत्पादनहरू ल्याउने र रिटेल केन्द्रित योजना तथा प्रोत्साहनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा इफिक्स नेपालका हनर उपकरण अधिकृत सेवा प्रमुख विवेक कुमार गोयलले छिटै बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा नयाँ हनर शो–रूम र सेवा केन्द्र सञ्चालनमा आउने जानकारी दिएका थिए ।
सेलट्रोन नेपालका सिइओ राउल राठीले सबै सहयोगी रिटेल साझेदारहरूको योगदानप्रति आभार व्यक्त गर्दै नेपाली बजारमा साझेदारी तथा वितरण सञ्जाललाई अझ सुदृढ बनाउने कम्पनीको योजनामा जोड दिए ।
आयोजकका अनुसार कार्यक्रममा ३० भन्दा बढी रिटेल साझेदारहरूले सहभागिता जनाएका थिए ।