नवलपरासी (पश्चिम)।
नवलपरासी (पश्चिम) मा निर्वाचन सुरक्षाका लागि खटाइने अस्थायी प्रहरी (निर्वाचन प्रहरी) का लागि मागभन्दा बढी आवेदन परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार निर्वाचन सुरक्षाका लागि १ हजार ७ सय ३ जना आवश्यक रहेकामा हालसम्म २ हजार ८ सय ६१ जनाले आवेदन दिएका छन् ।
आवेदन को अन्तिम समय सीमा माघ १ गतेसम्म तोकिएको थियो ।जिल्लामा नेपाल प्रहरीतर्फ १हजार ५ सय ४ र सशस्त्रतर्फ १ सय ९९ जना भर्ना गर्न लागिएको हो ।
आवेदनकर्ताहरूको प्रारम्भिक छनोट, स्वास्थ्य परीक्षण तथा अन्य प्रक्रिया पूरा गरी मापदण्ड अनुसार योग्य उम्मेदवारलाई निर्वाचन सुरक्षामा खटाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।