Butwal Today

सामाजिक सञ्जाल अनुगमनमा नेपाली सेनाको सहयोग लिइने : निर्वाचन आयोग

२ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा गरिने जानकारी दिएको छ । आयोगका आयुक्त सगुन शमशेर जबराले राजनीतिक दलहरूसँग आचारसंहिताका विषयमा भएको छलफलका क्रममा सामाजिक सञ्जाल अनुगमनबारे जानकारी गराएका हुन् ।

उनले सामाजिक सञ्जाल अनुगमनका लागि वैदेशिक सहयोग प्राप्त भएको र नेपाली सेनाको उपकरणमार्फत निगरानी गरिने बताए ।

‘चुनावमा सामाजिक सञ्जाल अनुगमनका लागि आवश्यक सामग्री हामीलाई विदेशबाट सहयोग प्राप्त भएको छ,’ उनले भने, ‘नेपाली सेनाको टुल्समार्फत पनि अनुगमन गर्छौँ । नेपालमा सबैभन्दा बलियो टुल्स नेपाली सेनाकै छ ।’

त्यस्तै, आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारलाई एकपटक स्पष्टीकरणको अवसर दिइने र स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी गराए ।

निर्वाचन आचारसंहिता उल्लङ्घन हुने सामग्री सामाजिक सञ्जालमा पोस्ट हुन नदिन फेसबुक (मेटा) र टिकटकसँग आयोगले सम्झौता गर्न लागेको जानकारी पनि उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?