Butwal Today

यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता

२ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ -निर्वाचन आयोगले केही आधारहरुलाई टेकर विशेष महाधिवेशनबाट निर्वाचित भएका कांग्रेस सभापति गगन थापा समूहलाई मान्यता दिएको छ ।

आयोगको शुक्रबार बसेको बैठकले उक्त निर्णय लिनका लागि राजनीतिक दलसम्बन्धी ऐन, संविधान र नेपाली कांग्रेसको विधानमा टेकेको छ । मुख्य रुपमा आयोगले अद्यावधिको निर्णय टुंग्याउन तीन वटा आधार लिएको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

पहिलो आधार: आयोगले विधानबमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने व्यवस्था नेपाली कांग्रेसको विधानले नै गरेको र सोअनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकामा आयोजना भएको देखियो ।

दोस्रो आधार: 
आयोगले विधानतः महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि हुने स्पष्ट देखिएको र यसले गरेका निर्णय नै दलको हुने देखिएको छ ।

तेस्रो आधार: आयोगले विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नदेखिएकोले विशेष महाधिवेशन आयोजना विधानतः भएको स्पष्ट पारेको उल्लेख गरेको छ । भण्डारीले अब चित्तनबुझ्ने पक्ष अदालत जानसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?