© २०२३
काठमाडौँ ।
हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान तराई क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ । हुस्सु र कुहिरो लागेको स्थानमा दिउँसोपछि घाम लाग्ने महाशाखाले जनाएको छ । हिजोको तुलनामा काठमाडौँको तापक्रम थोरै बढेको छ ।
आज बिहान पौने ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस रहेको थियो ।
आज काठमाडौँको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । तापक्रम क्रमिक रूपमा बढ्दै गएकाले चिसोको प्रभाव पनि क्रमशः कम हुँदै गएको छ ।
दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ भने राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।
तराई क्षेत्रमा हुस्सु र कुहिरोका कारण बिहान जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।