ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

नदी दोहनले मरुभूमिकरणको खतरा 

१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रातदिन नदीजन्य पदार्थको अवैध रूपमा दोहन भइरहँदा पनि सम्बन्धित सरोकारवाला निकाय मौन छ ।

हरेक वर्ष मङ्सिर पुसदेखि नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लाग्ने गर्दछ । यही बेला अवैध दोहन समेत सुरु हुने गरेको विगतदेखिकै नियति हो । त्यो क्रम यो बर्षपनि सुरु भएको छ । बालुवा, ढुंगा, गिट्टीजस्ता नदीजन्य पदार्थ उत्खनन्का कारण चुरे क्षेत्रको विनास हुन थालेको भन्दै चिन्ता समेत प्रकट गरिएको छ ।

नदीबाट जति मात्रामा नदीजन्य पदार्थ उत्खनन भयो, त्यति नै बढी माथिको चुरे तटीय क्षेत्र जोखिममा पर्दछ । हचुवाका भरमा नदीजन्य पदार्थ निकास हुँदा त्यसको असर कालान्तरसम्म पर्दछ । वातावरणविदहरू नदीको तल्लो तटीय क्षेत्रको संरक्षणसंगै माथिल्लो चुरे क्षेत्रको संरक्षण पनि उत्तिकै आवश्यक रहेको बताउँछन ।

नदीजन्य पदार्थको अधिक दोहनले नदी गहिरिँदै माथिल्लो चुरे क्षेत्रको अस्तित्व समेत संकटमा पर्ने वातावरणविदहरूको विगतका अध्ययनले देखाएको छ । लुम्बिनी प्रदेशका नदीबाट हुने दोहनका कारण प्राकृतिक बिपत्तिको जोखिम बढिरहेको भन्दै भोलीको दिनमा त्यसले ठूलो समस्या निम्त्याउने औंल्याईएको छ ।

लुम्बिनी प्रदेश सभाका सदस्यहरूले हरेक वर्ष यो समस्याको विषयमा प्रदेश सरकारको ध्यान जानुपर्ने भन्दै ध्यानाकर्षण गराउँदै आएका छन तर प्रदेश सरकार राजधानी देउखुरी क्षेत्रमै समेत बेरोकटोक नदीजन्य पदार्थ ओसारपसार हुँदा पनि मौन रहने गरेको गुनासो छ ।

यसमा प्रदेश सरकारकोमात्र होइन प्रदेश सरकारको प्रशासन संयन्त्रको पनि ध्यानाकर्षण जरुरी छ । नदी दोहनका घटना नियन्त्रण गर्न स्थानीपय पालिकाको ध्यान नगएको गुनासो आएको छ । नदी किनारका स्थानीय बासिन्दाहरूले दिनरात नदी दोहन हुँदापनि पालिका तथा प्रशासनले नियन्त्रणमा ध्यान नदिएको गुनासो गर्दै आएका छन् ।

पछिल्लोपटक सैनामैनामा नदी दोहन भएको घटना सार्वजनिक भएको छ । पुलको तलबाटै ढुंगा, गिट्टी र बालुवा उत्खननको काम भैरहेको भएपनि स्थानीय प्रशासन मौन रहेको गुनासो आएको छ । यस्तै प्रकृतिको घटना पश्चिम नवलपरासीका विभिन्न खोलामा समेत भैरहेको भन्दै त्यहाँका स्थानीयले समेत पालिका र प्रशासनको ध्यानाकर्षण गराएका छन तर समाधानमा जनप्रतिनिधिको चासो र चिन्ता पुगेको छैन ।

बालुवा, ढुंगा, गिट्टीजस्ता नदीजन्य पदार्थ उत्खनन् गर्दा बाढी, पहिरो, भूक्षयजस्ता बिपत्ति निम्तिन सक्छ । विशेषगरी भित्री मधेश र तराई क्षेत्र अहिले जोखिममा परेका छन । त्यसो त चुरे संरक्षणका लागि भन्दै हरेक वर्ष योजनाहरू बनाउने गरिएको छ ।

पालिकाहरूले नदी दोहनका घटना नियन्त्रणमा चासो नदिएको घटनाहरूले पुष्टी गर्दै आएका छन् । गिट्टी, बालुवा, ढुंगाजस्ता पदार्थ चोरी गरि नदीबाट उत्खनन गर्न सरकारलाई राजस्वमा ठूलो नोक्सानी हुँदै आएको छ । यस बिषयमा सरकारको ध्यान जानुपर्दछ ।

आश्चर्य त के छ भने नदी क्षेत्रमै अझ नदीको जलसतहभित्रै जेसीबी लगेर अवैध दोहन गर्ने गरिएको छ । त्यसले जथाभावी दोहन गर्दा चुरे क्षेत्रको विनासको मात्रै चिन्ता होइन, दक्षिणतर्फ बग्दै आएका नदी गहिरिदै गएको अवस्था छ । अवैध दोहनकै कारण सिचाईं आयोजना प्रभावित भैरहेको अवस्था देखिएको छ ।

तराईका जनताका लागि सिंचाईको आधारको रूपमा रहेका तिनाउ, दानव, रोहिणी, कञ्चन, बाणगंगा र राप्ती लगायतका ठूला नदीको संरक्षणमा अवपनि ध्यान नदिने हो भने निश्चितरूपमा यसले भोलीको दिनमा ठूलो चिन्ता थपिने छ । अव तत्काल यो विषयमा प्रदेश सरकारको ध्यानाकर्षण हुनु जरुरी छ ।

नदीजन्य पदार्थको अवैध दोहनले चिन्तामात्रै थपिएको होइन, भोलिको तराई क्षेत्र मरुभूमिकरणमा परिणत हुन्छ कि भन्ने त्रास पनि हो । आजको नदीजन्य पदार्थको निकासीले भोलिको दिनमा कुनै असर नपरोस भन्नेतर्फ पनि ध्यान दिनु जरुरी छ ।

खासगरि अवैध निकासीले समस्या निम्त्याउने गरेको देखिएकोले यसलाई व्यवस्थित गर्नुपर्ने खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?