ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

मान्छे, प्रकृति र मेसिनको द्वन्द्वात्मक सम्बन्ध

१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

आफ्नो लागि ठिक र बेठीक छुट्टाउँदै सही मार्गमा लाग्ने क्षमता हुने भएकोले मात्रै मान्छेलाई सर्वश्रेष्ठ मानिन्छ ।

प्रकृतिले नियमित प्रक्रियालाई अनुसरण गर्दछ भने मानिसले विवेकपूर्ण निर्णय गरेर कार्य गर्दछ । मेसिनले आदेशको पालना गर्दछ । मानिसमा हुने संवेग र विवेक जस्ता गुणहरू प्रकृति र मसिन दुवैमा हुँदैन । प्रकृतिको स्वाभाविक गतिविधि चलिरहेको हुन्छ । मसिनलाई मानिसले चलाउँछ । मानिस विवेकी हुन्छ ।

तर मानिस, प्रकृति र मशीनका विचमा द्विपक्षीय र बहुपक्षीय द्वन्द्व चलिरहेको हुन्छ । मानिसहरूका क्रियाकलाप वा गतिविधिहरूका कारण मानिस र प्रकृति र मानिस र मसिनबिच कसरी यस प्रकारका द्वन्द्व भइरहेका छन् र सम्भावित समाधान कसरी गर्न सकिएला भन्ने सन्दर्भमा यस लेखमा चर्चा गरिएको छ ।

मानिस र प्रकृतिबिचको द्वन्द्वः विश्वमा औद्योगिकीकरण र अत्यधिक जनसङ्ख्या वृद्धिका कारण मानिसहरूका क्रियाकलाप वा जीवनशैलीमा प्रकृति दोहन प्रचूर मात्रा भएको छ । बढ्दो शहरीकरण, प्राकृतिक स्रोतमा आधारित घरेलु तथा औद्योगिक वस्तुहरूको उत्पादन र प्रयोग, कृषि, भवन निर्माण, बाटो निर्माणका कारण वन विनाश र खेतियोग्य जमीन नष्ट, बाढी पहिरोबाट विनाशका कारण धेरै मानिसहरूको जीवन कष्टकर बनेको र समाप्त भएका घटना छन् ।

जलवायु परिवर्तनका कारण मौसम तथा वर्षामा नसोंचेका प्रभावहरू देखिएका छन् । अध्ययन प्रतिवेदन अनुसार संसारको ४० प्रतिशतभन्दा बढी भूभाग अनुपयुक्त भैसकेको छ भने वार्षिक १२० मिलियन हेक्टर जमीन प्रभावित भैरहेको छ । यस्तै खनिज पदार्थको खपतका कारण पनि पृथ्वी असुरक्षित भैरहेको छ ।

नेपालमै पनि चुरे क्षेत्रका खानी र वन विनाशका कारण वातावरण, मानव स्वास्थ्य र बाढी पहिरोका कारण मानिसहरूमा भय सिर्जना भएको छ । वस्ती र यात्रा असुरक्षित भएका छन् भने सुनौला हिमाल कालापत्थरमा परिणत भएका छन् । फोहोर र दुषित वायुका कारण मानिसहरूको स्वास्थ्यमा नकारात्मक असर देखापरेका छन् ।

रुघाखोकी, दम जस्ता रोगहरू बढिरहेका छन् । त्यसैगरी खराब जल, वायु, र जमीनका कारण खाद्य पदार्थ, वन तथा वन्य जन्तुमा समस्या देखिएको छ । वनको इकोसिस्टम बिग्रको र वन क्षेत्रमा मानिसहरूको क्रियाकलाप बढेका कारण वन्य जन्तुहरूले मानिसहरूलाई आक्रमण गरिरहेका समाचार आइरहेका छन् ।

मानिसहरू पनि आजकल मानीको मुहान सुकेसँगै पानीको मूलसम्बन्धी विवाद गर्न लागेका छन् ।मानिसहरूको प्रजनन, शारीरिक एवम् मानसिक क्षमता घटिरहेको र ब्यवहार असन्तुलन बढिरहेको बताइन्छ ।

प्रकृतिको नियमसँग मानिसका क्रियाकलापको सन्तुलन बनाइराख्नु आवश्यक भएको छ । उदाहरणका लागि हरित सडक, परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन, दिगो विकास लक्ष्य अनुसारका कार्यहरू, बृक्षारोपण, पहिरो रोकथाम, ब्यवस्थित बसोबास, मितब्ययी जीवनशैली जस्ता क्रियाकलाप गर्नु आवश्यक छ ।

एउटा ब्यक्तिले आफ्नो घर वरपर वा छतमा पनि गमलामा विरुवा लगाउन सकिन्छ । गाउँघर, बाटोघाटोमा पहिलेपहिले बर पिपल रोप्ने, तिनीहरूको बिहे गरिदिने चलन थियो । बटुवाहरूले आँप, कटहर लगाउँथे । स्थानीय पालिकाहरूले प्राकृतिक स्रोतको सही सदुपयोगका लागि नीति तथा कार्यक्रम लागू गर्नु आवश्यक छ ।

पालिकाहरूले वन तथा फलफुलका विरुवा वितरण गर्ने, अनुुदान दिने, पहिरो रोकथामका लागि पहल गर्ने, वन तथा नदिजन्य पदार्थहरूको मितब्ययी खपत, वन तथा खनिज पदार्थको संरक्षण लगायत राज्यस्तरबाट गर्ने कार्यहरू गर्नु आवश्यक छ । ब्यक्ति र सरकार सबैले प्रकृतिलाई दोहन गर्ने नभै आवश्यकता पूरा गर्ने र भविष्यका सन्ततिका लागि पनि रहने गरी दिगो राख्न र पृथ्वी बचाउनका लागि जिम्मेवारी पालना गर्नुपर्ने देखिन्छ ।

तर, यस प्रकारका सकारात्मक हस्तक्षेपका लागि ब्यक्तिदेखि अन्तर्राष्ट्रियस्तरसम्म धेरै चुनौतिहरू छन् । जस्तै मानिसहरू अधिक विलासी जीवनशैली बिताउन चाहने र आफूले आर्थिक लाभ लिन सक्ने अवस्थामा नैतिक इमान्दारिता र विवेक गुमाउँछन् । कानूनी शासनको धज्जी उडाउँदै प्राकृतिक स्रोतको दोहनमा ब्यक्तिदेखि संस्था र राज्यका निकायहरूमा नियन्त्रण गर्दछन् । सरकारी नीति पनि दूरदर्शी देखिदैन ।

उदाहरणका लागि नेपालमा चक्लाबन्दी कार्यक्रम भूमिसुधारका नाममा करीव ६० वर्षदेखि चर्चामा छ । तर केही वर्ष पहिला भएको घडेरी प्लटिङले गर्दा नेपालको खेतियोग्य जमीन कंक्रिटमा बदलियो । अन्तर्राष्ट्रियस्तरमा समेत शक्ति राष्ट्रहरूको ध्यान स्रोतमाथिको कब्जाका लागि आफू अनुकूलको कूटनीतिक पहल र द्विपक्षीय र बहुपक्षीय सन्धी सम्झौता गर्ने गरिन्छ । नेपालको जलस्रोतमाथि भारतीय नियन्त्रणका बारेमा धेरै चर्चा भयो ।

पछिल्ला समयमा अमेरिकी एमसिसि परियोजना, चीनीयाँ बिआरआई परियोजना, र भारतसँगका विद्युत सम्झौतामा नेपालको हैसियत कमजोर हुनुका पछाडि स्रोतमाथिको शक्ति राष्ट्रहरूको नियन्त्रण र कमजोर राष्ट्रहरू राजनीतिक मुद्दामा अल्झिरहने र आफ्नो बचाउका लागि स्वार्थपरक निर्णय गर्ने प्रबृत्ति हावी देखिन्छ ।

यसले गर्दा राजनीतिक अस्थिरता र आर्थिक कमजोरी भएका राष्टरूको स्रोतमाथि शक्ति राष्ट्रहरूको नियन्त्रण बढेको पाइन्छ ।  मानिस र मसिनवीचको द्वन्द्वः आजकल धेरै काम मशीनले गर्न लागेको छ । मशीनको प्रयोगबाट काम छिटो, सजिलो र गुणस्तर राम्रो हुने भएकोले मशीनको प्रयोग बढिरहेको छ ।

औद्यागिक प्रतिष्ठानमा मात्र नभै घरपरीवारमा समेत मशीनको धेरै प्रयोग बढेको छ । आजकल बिद्युतीय चुल्हो, मिक्सचर, आइरन, पानी तताउने, तातो पानीको गिजर लगायतका धेरै उपकरण प्रयोग भइरहेका छन् । यी घरेलु तथा औद्योगिक उपकरण प्रयोग गर्दा धेरै दुर्घटना भएका र मानिसहरूको ज्यान गएका उदाहरण छन् ।

जस्तै धान कुट्ने मशीनको पट्टामा परेर चालककै हात काटिएको छ । मशीनलाई थाहा हुँदैन कि त्यो चालकको हात थियो । बिजुलीको करेण्ट लागेर मानिसहरू मारिएका छन् । यातायातका साधनहरूदुर्धटना भएर दशौं मानिसहरूको ज्यान एकै चिहान भएको छ । ग्यास चुल्हो बिस्फोट देखि चेर्नोबिल आणविक भट्टी वा भोपालको आणविक भट्टी दुर्घटना विश्वका लागि चुनौति बनेका हुन् । पछिल्ला वर्षमा कम्प्युटरको प्रयोग ब्यापक बढेको छ ।

शिक्षक, विद्यार्थी, र विद्यालयले विद्युतीय उपकरणको प्रयोग गर्न थालेका छन् । मोबाइल, कम्प्युटर, इन्टरनेटको सहज पहुँचसँगै सामाजिक सञ्जाल, वेवसाइट र कृत्रिम बौद्धिकता साधनहरूको उपयोग बढिरहेको छ । हामी विद्यालय तहमा २० सम्मको गुणन तालिका कण्ठ बनाउँथ्यौं तर अहिले आधारभूतका विद्यार्थीहरूसमेत सामान्य जोड घटाउका लागि क्यालकुलेटरमा निर्भर छन् ।

पछिल्ला वर्षहरूमा विद्यार्थीहरूले च्याटजिपिटि, डीपसीक जस्ता कृत्रिम बौद्धिकता साधनहरूको प्रयोग गरी हरेक प्रश्नहरूको उत्तर सेकेण्डमै प्राप्त गर्ने र त्यही उत्तर सारेर देखाउने गर्न थालेका छन् । यसले गर्दा विद्यार्थीहरूमा सिकाइप्रति ध्यान गएको छैन । ज्ञानको स्रोत शिक्षक र पुस्तक मात्र रहेन । वेबसाइट र एआई साधनहरूमा सजिलै समाधान पाउने भएपछि दुःख गर्नुपरेन । दुःख नगरेपछि सिर्जना हुने सम्भावना रहेन । तर ती उत्तरहरूमा समस्या देखिन्छ ।

किनभने कम्प्युटरबाट प्राप्त हुने समाधानमा कम्प्युटर सञ्जालमा प्राप्त हुने सबै जानकारी समाधानका रूपमा दिन्छ । तर त्यो सबै सूचना प्रश्नले मागेको हुँदैन । अर्को एआईले उत्तरमा विवेचनात्मक भाव कम देखिन्छ र सूचनामूलक बढी हुन्छ । समसामयिक ज्ञान कम र पुराना ज्ञान बढी हुन्छ ।

ज्ञानको संगठनको पनि आफ्नै शैली हुन्छ । तसर्थ शिक्षकले विद्यार्थीका समाधान कम्प्युटरबाट सारिएका वा मौलिक हुन् भन्ने सजिलै पत्ता लगाउन सक्दछन् । विद्यार्थीले कम्प्युटरबाट सारेको जवाफ सही भए तापनि शिक्षकको मूल्याङ्कनमा सारेको भन्ने पर्दछ ।

मानिस र मसिन विचको द्वन्द्व न्यूनीकरणका लागि खासगरी मसिन सञ्चालन सिप र सुरक्षित प्रयोगमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । कुनैपनि मसिन सञ्चालनका लागि त्यसको पाटपुर्जा र तिनीहरूको कार्य थाहा पाउनुपर्छ । कुन ठाउँमा थिच्दा मसिन चल्छ वा बन्द हुन्छ ? मसिनको क्षमतामा कसरी नियन्त्रण गर्न सकिन्छ ? कुनप्रकारको सेवाका लागि कुनकुन पुर्जाको प्रयोग गर्नुपर्छ ? आदि प्रश्नको जवाफ थाहा हुनुपर्छ ।

मशीनको सुरक्षित प्रयोग महत्वपूर्ण हुन्छ । उदाहरणका लागि विद्युतीय साधन प्रयोग गर्दा चिसो साधन प्रयोग नगर्ने, मोबाइल फोन चार्जमा राखेर नसुत्ने, पंखाको वरपर कपडा वा यस्तै हल्का सामान नराख्ने, कम्प्युटरको एण्टी भाइरस सफा गरिरहने, आफ्नो इमेल वा कन्टेन्टको सुरक्षागर्ने, सामाजिक सञ्जालको प्रयोगमा सुरक्षा रणनीतिहरू प्रयोग गर्ने उपायहरू प्रयोग गर्नुपर्छ । वास्तवमा मशीन आदेशअनुसार चल्ने भएकोले त्यसलाई चलाउन आदेश दिनेले विवेकपूर्ण आदेश दिनुपर्छ ।

उदाहरणका लागि वेबसाइटमा राखिएको जानकारी कुनै पाठ वा प्रश्नका लागि नभएर कम्प्युटर नेटवर्कमा आएका सबै जानकारीहरू हुन् । ती मध्ये कुन सूचना उपयोगी वा अनुपयोगी वा कम वा धेरै भन्ने निर्णय गर्ने कार्य ब्यक्तिको हो । मसिनको होइन ।

मशीनले मानिसको हात काटिदिन्छ तर कुटानी मीलको पट्टा नजिक जानुहुदैन भन्ने विवेक मानिसमा भयो भने दुर्घटना हुँदैन । तसर्थ आदेश पालक मसिनको सही उपयोग गर्ने विवेक मानिसमा हुनुपर्छ । त्यसो भयो भने कम्प्युटरबाट उत्तर चोर्ने समस्या पनि हट्छ । इन्टरनेटबाट वेश्यालयका क्रियाकलाप हेर्न पाइन्छ भने हार्वड विश्वविद्यालयका ज्ञानसहित आइन्स्टाइनका खोज पनि पाइन्छ ।

के हेर्ने भन्ने विवेकशील निर्णय मानिसले गर्ने हो । कुकरमा ढिंडो, मार्सी भात सबै पाक्छ । के पकाउने ? के खाने ? मानिसले निर्णय गर्ने हो ।  मानिस सर्वश्रेष्ठ प्राणी भएर पनि स्वार्थ, लोभ, र अहंकारी भएर हो कि प्रकृति र मसिनसँग जुधिरहेको हुन्छ । चाहे बदनियतले होस् वा कमजोर ज्ञान, सिप वा सोंचाइका कारण दुःख पाइरहेको छ ।

प्रकृतिको दोहन गर्दागर्दै प्रकृति प्रकोपमा फसेको छ । मानिसमा मसिन सञ्चालन सिपको कमी र उसले विवेक गुमाउनाले कतिपय दुर्घटनामा परेको छ । तसर्थ प्रकृति र मशीनको विवेकपूर्ण प्रयोग गर्न सक्यो भने मानिस द्वन्द्वमा पर्दैन । आगामी पुस्ताका लागि पृथ्वी बचाइरहने उपाय पनि यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?