Butwal Today

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आजको मौसम कस्तो रहने ?

३० पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहने सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति पनि तराई भूभागका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराई क्षेत्रमा बिहानीपख लाग्ने हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, साथै हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ । त्यसैले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?