Butwal Today

पाल्पामा टिपर दुर्घटना, १ जनाको मृत्यु

३० पुष २०८२, बुधबार
अ+
अ-

पाल्पा ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार, नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको छ ।

मृतकको ठेगाना भने खुल्न सकेको छैन । साथै, मृतक चालक हुन् वा अन्य कोही, भन्ने कुरा यकिन हुन सकेको छैन । गाडीमा अरू सवार थिए\थिएन भन्ने जानकारी पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

टिपर सडकदेखि करिब २५० मिटर तल खोलामा खसेको हो । नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिकातर्फ जाँदै गरेको टिपर बिहान ४ः०० बजे दुर्घटनामा परेको हो ।

दुर्घटना लगत्तै प्रहरी चौकी हार्थोक र अर्गलीबाट प्रहरी घटनास्थलमा पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?