© 2026
काठमाडौँ ।
थाइल्यान्डको राजधानी बैंककमा बुधबार बिहान गुडिरहेको रेलको डिब्बामाथि निर्माण कार्यमा प्रयोग गरिएको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरीका अनुसार दुर्घटनामा ७९ जना घाइते भएका छन्, जसमध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेहरूको अवस्था नाजुक रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ ।
दुर्घटना बैंककको उत्तरतर्फ रहेको नाखोन रत्चासिमा प्रान्तमा भएको हो । दुर्घटनाग्रस्त रेलमा जम्मा १९५ जना यात्रु सवार थिए ।