Butwal Today

कांग्रेस विशेष महाधिवेशन: सबै पदमा उम्मेदवारी दर्ता, सभापतिमा गगन थापाको मात्रै

३० पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौं-नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचनका लागि सबै पदमा उम्मेदवारी दर्ता भएको छ। बुधबार बिहान ११ बजेसम्म मनोनयन फारम वितरण र उम्मेदवारी दर्ता कार्यक्रम सकिएको छ।

सबै पदमा उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक सिताराम केसीले जानकारी दिए। ‘मनोनयन फारम वितरण र उम्मेदवारी दर्ताको सबै कार्यक्रम ११ बजे सकियो। सबै पदमा उम्मेदवारी परेको र दिउँसो १ बजे उम्मेदवारको नामावली प्रकाशन तयारी छ,’ उनले भने, ‘सकेसम्म सर्वसम्मत गर्ने कुरा छ, यो राजनीतिक पाटो भयो।’

सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी परेको छ।  आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो ।