ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

किवीले चिनिएको भार्से

किवी खेतीले गुल्मीको भार्सेमा नयाँ पहिचान बनाएको छ । बाँझा पाखा बारी आज व्यावसायिक बगैंचामा रूपान्तरण भएका छन् । ५० लाखभन्दा बढी आम्दानीसँगै कृषकको जीवनशैली फेरिँदै गएको छ । किवीसँगै भार्से समृद्धिको यात्रामा अघि बढिरहेको छ ।
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

गुल्मी, ३० पुस । 

गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–८ स्थित भार्से पछिल्लो समयमा किवी खेतीका कारण नयाँ पहिचान बनाउँदै गएको छ ।

पहिले निर्वाहमुखी कृषिमा सीमित रहेको यो गाउँ आजभोलि व्यावसायिक किवी उत्पादनका कारण जिल्लामै उदाहरणीय बनेको छ । यस पटक भार्सेमा ५० लाख बराबरको किवी उत्पादन भएको बताइएको छ ।

गाउँका बाझिएका पाखा बारीहरू किवीले लटरम्म ढाकिएका छन् । लहरामा झुन्डिएका किवीका फल र कृषकका अनुहारमा देखिने आत्मविश्वासले त्यहाँ कृषकहरूमा आर्थिक समृद्धिको यात्रा सुरु भएको सङ्केत देखिन्छ । भार्सेमा किवी खेतीको सुरुआत २०६५ सालदेखि भएको हो ।

सुरुमा केही कृषकले परीक्षणका रूपमा लगाएको किवीले राम्रो उत्पादन दिन थालेपछि आज यो खेती गाउँभर फैलिएको छ । यस वर्ष भार्सेमा व्यक्तिगत फर्म र समूहमा गरी कुल १९० क्विन्टल किवी उत्पादन भएको छ । भार्सेमा ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा किवीको व्यावसायिक खेती हुँदै आएको छ ।

यसबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको स्थानीय कृषक तथा वडा सदस्य यमबहादुर थापाले जानकारी दिएका छन् । उनले भने, “पहिला मकै, कोदो र भटमास मात्र हुन्थ्यो, खर्च धेरै हुन्थ्यो, आम्दानी थोरै हुन्थ्यो, अहिले किवी खेती सुरु गरेपछि घर खर्च मात्र होइन धेरै कुरामा सहज भएको छ ।”

उनले आफ्नो बारीमा १५० भन्दा बढी किवीका बोट लगाएका छन् । जसमा रेड किवी, हेवार्ड, एलिसन र ब्रुनो जातका किवी उत्पादन हुँदै आएका छन् । थापाका अनुसार एलिसन जातको किवी स्वादमा मीठो हुने हुँदा र बजारमा पनि यसको माग धेरै छ ।

भार्सेमा उत्पादित किवी स्थानीय बजारसँगै पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ । धेरैजसो सत्यवतीको स्थानीय बजारमा खपत हुँदै आएको छ । यसको खुद्रा मूल्य प्रतिकिलो २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको छ । यही कारण किवी खेती यहाँका कृषकहरूको मुख्य आम्दानीको स्रोत बन्दै गएको छ ।

सत्यवती गाउँपालिकाले भार्सेलाई किवीको ‘पकेट क्षेत्र’ घोषणा गरेपछि यस क्षेत्रमा थप उत्साह थपिएको छ । गाउँपालिकाले कृषकलाई प्राविधिक सहयोग, तालिम, बिरुवा वितरण, पोल व्यवस्थापन, सिँचाइ तथा बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले किवी खेतीलाई दिगो व्यवसायका रूपमा विकास गर्न आवश्यक पर्ने कुराहरूमा सहयोग पु¥याइँदै आएको बताएका छन् । गाउँपालिकाले नर्सरी व्यवस्थापन, जाम तथा वाइन बनाउने तालिम समेत प्रदान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए । यसले कृषकलाई उत्पादनसँगै व्यावसायिकता तर्फ पनि आकर्षित गरेको छ ।

हाल भार्सेमा पाँच वटा किवी समूह गठन गरी सामूहिक रूपमा किवीको उत्पादन भइरहेको छ । तीमध्ये ठुला पोखरी समूह सबैभन्दा बढी किवी उत्पादन गर्ने समूह अन्तर्गत पर्दछ । गाउँका धेरैजसो पाखा बारी अहिले किवीले ढपक्क ढाकिएका छन् ।

किवीका बोटले रोपेको तीन वर्षमै फल दिन सुरु गर्ने भएकाले पनि भार्सेका कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । वडाध्यक्ष होमबहादुर रानाका अनुसार एउटा किवीको बोटबाट ६० देखि १२० किलोसम्म फल उत्पादन हुने गर्दछ ।

किवी खेतीको अर्को फाइदा भनेको वन्यजन्तुबाट कम क्षति हुनु हो । बाँदर, बनेल तथा चराचुरुङ्गीबाट अन्य बाली जोगाउन कठिन भइरहेका बेला किवीको झुसिलो प्रकृतिका कारण ती जनावरले खासै नोक्सानी नगर्ने कृषकहरूको अनुभव छ । यही कारण किवी खेती यहाँका लागि सुरक्षित र दिगो विकल्प बन्दै गएको छ ।

गुल्मी जिल्लामा १२ सय मिटरदेखि दुई हजार मिटर उचाइसम्म किवी खेती गरिँदै आएको छ । सत्यवती गाउँपालिकासँगै काली गण्डकी, मदाने, मालिका, धुर्कोट, छत्रकोट र मुसिकोट नगरपालिकामा पनि पछिल्लो समय किवीको व्यावसायिक खेतीमा विस्तार हुँदै गएको छ ।

यसले जिल्लालाई किवी उत्पादनको सम्भावित केन्द्रका रूपमा चिनाउन थालेको छ । स्वास्थ्यका दृष्टिले पनि किवी अत्यन्त लाभदायी फल मानिन्छ । यसमा भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । साथै फाइबरयुक्त भएकाले पाचन प्रणालीलाई सहज बनाउँछ ।

किवीलाई जुस, सलाद, केक, जाम तथा अन्य परिकारमा प्रयोग गर्न सकिन्छ । सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त यो फलको माग बजारमा दिनानुदिन बढ्दै गएको छ ।

किवी खेतीले भार्सेका कृषकहरूको जीवनशैली मात्र परिवर्तन गरेको छैन, गाउँमै रोजगारी सिर्जना, आत्मनिर्भरता र आर्थिक सशक्तीकरणको बाटो पनि खोलेको छ । परदेशिने बाध्यता कम गर्न थालेको छ भने स्थानीयहरू पनि गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ कृषितर्फ फर्किन थालेका छन् ।

कुनै समय दुर्गम र पछाडि परेको गाउँका रूपमा चिनिने भार्से आज किवी खेतीका कारण सम्मृद्ध नमुना गाउँ बन्दै गएको छ । किवीसँगै धार्मिक एवं पर्यटकीय दृष्टिकोणले भार्से आफैमा सुन्दर र प्राकृतिक क्षेत्र पनि हो ।

किवीका बोटसँगै उज्यालो भविष्यको आशामा यहाँका कृषकहरूको सपना पनि साकार बन्दै जान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?