ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

ऐतिहासिक सम्पदा संरक्षणमा बेवास्ता 

३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

रुपन्देहीका विभिन्न स्थानमा फेला परेका ऐतिहासिक बस्तु संरक्षणमा बेवास्ता गरिँदै आएको छ ।

पालिका, प्रदेश र सङ्घीय गरि मुलुकमा तीन तहका सरकार छन् तर कुनै पनि सरकारको ध्यान त्यसतर्फ पुगेको छैन । रुपन्देहीकै सैन मैनामा वर्षौँदेखि फेला परेका बुद्धकालीन ऐतिहासिक बस्तुहरू संरक्षणमा बेवास्ता गरिएको छ । रानीबगिया बनकट्टा क्षेत्र बुद्धको जीवनसंग जोडिएका ऐतिहासिक स्थल हुन ।

त्यहाँ बुद्धकालीन भग्नावशेष प्राप्त भएका छन् । ती भग्नावशेष संरक्षणमा भने राज्यका कुनै पनि निकायले ध्यान दिएको छैन । त्यसैगरि बुटवलको राजापुर क्षेत्रमा समेत त्यस्तै ऐतिहासिक सम्पदा फेला परेको छ । त्यो सम्पदा जोगाउन स्थानीय सामुदायिक वनले प्रयास गरेको छ ।

बुटवलकै फूलबारीमा रहेको ऐतिहासिक मणिमुकुन्द सेनको दरबार सयौं बर्षदेखि खुला आकासमुनी छ । कम्तिमा त्यसलाई घामपानीबाट बचाउन सेड बनाएर राख्न सकियो भने मात्रैपनि हामी पछिको हजारौं बर्ष पछिको पुस्ताले यो क्षेत्रको इतिहास बुझ्न सम्झिन पाउने थियो ।

तर, यी ऐतिहासिक सम्पदा संरक्षणमा कसैको ध्यान पुगेको देखिदैन । अर्कोतर्फ जीर्ण संरचना संरक्षणमा राज्यको ढिलासुस्ती र लापरवाही बढ्दै गएको छ । बिदेशीले बनाईदिएका संरचनाको पनि सही सदुपयोग हुन सकेको छैन । बुटवलको बुटवल धागो कारखाना, पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाभित्र चीन सरकारले बनाईदिएका करोडौं मूल्यका भवन अहिले जीर्ण बनेका छन् । नीजिकरणको नाममा विदेशीले विनाईदिएका उद्योग कारखाना सबै ध्वस्त भैसकेका छन् ।

बचेका बर्षौ पुराना जीर्ण भवन र तिनका संरचना पनि उचित संरक्षणको अभावमा ढल्ने अवस्थामा पुगेका छन् । रूपन्देहीको देवदह, पश्चिम नवलपरासीकै पण्डितपुर, केरवानी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका अधिकांश स्थानमा फेला परेका ऐतिहासिक महत्वका बस्तुहरू संरक्षणको अभावमा त्यत्तिकै अलपत्र छन् । ती महत्वपूर्ण स्थान गाई भैसी चराउने झाडीमा परिणत भैसकेका छन् । पुराना संरचनाको संरक्षणमा कसैको ध्यान नै गएको छैन ।

२०६२ सालमा तत्कालिन शाही सरकारले लुम्विनी चिनी कारखाना नीजिकरण गरेको थियो । त्यसयता ती भवन अलपत्र अवस्थामा छन् । सुनवल नगरपालिकाले अरू नयाँ स्थानमा भवन बनाउनुभन्दा ती पुराना भवनलाई मर्मत सम्भार गरी प्रयोगमा ल्याउन सक्छ, जसबाट राज्यको करोडौं रूपैयाँ बचत हुन्छ ।

कारखाना नीजिकरण भएपछि त्यहाँ रहेका भवनहरूको समेत नियन्त्रण, सञ्चालन र ब्यवस्थापनको जिम्मेवारी निजी कम्पनीको जिम्मा गएको थियो । भवनको जिम्मेवारी निजी कम्पनीको जिम्मामा गएपनि ति भवन र जग्गा भने विक्री भई पूर्ण स्वामित्वमा नगएको हुँदा ती भवनको उचित प्रयोगका लागि सुनवल नगरपालिकाले योजना बनाई सरकारसँग पहल गरेमा अहिले सदुपयोगमा ल्याउन सकिन्छ तर त्यति गर्ने सोँच न त सरकारले राख्यो न त स्थानीय पालिकाले नै राखेको छ ।

बुटवल धागो कारखानाको अवस्था पनि त्यही छ । एकातिर करोडौं लगानीका उद्योग भौतिक पूर्वाधार विहीन भई बन्द भएर जीर्ण हुँदै जानु र अर्कोतिर नेपाली युवा जतिलाई विदेश जान बाध्य बनाउने हाम्रो शासन व्यवस्था गलत छ । अतः अव सुधारको आवश्यकता छ । निश्चितरूपमा देशमा धेरैथरी समस्या छन् ।

पालिकाहरूमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरूसंग पनि काम गर्ने हो भने अथाह साधन श्रोत छ तर ती साधन श्रोतको सदुपयोगमा ध्यान दिनु जरुरी छ । नयाँ भौतिक संरचना निर्माणमा मात्र होइन पुराना ऐतिहासिक बस्तुको संरक्षण गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।

रूपन्देही र पश्चिम नवलपरासीमा रहेका ऐतिहासिक सम्पदा, पुराना भौतिक संरचना संरक्षणमा बेलैमा ध्यान जाओस् । बजेट अभावमा संरक्षण गर्न नसकिने अवस्था हो भने राज्यका तिनै तहको संयुक्त पहलमा धेरै काम गर्न सकिन्छ । यो बिषयमा सम्वन्धित पालिकाहरूको बढी ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?