Butwal Today

कांग्रेस विशेष महाधिवेशनमा मतदान राति ८ बजे, कार्यतालिका सार्वजनिक

३० पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौं, ३० पुस ।

नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । समितिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै उम्मेदवारमाथि दाबी–विरोध ४ बजेदेखि ४:३० बजेसम्म गर्न सकिनेछ ।

त्यसैगरी समितिले उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने जनाएको छ । मतदान हुने सूची भने राति ८ बजेदेखि १ बजेसम्म सार्वजनिक गरिने तालिका रहेको छ ।