© २०२३
कपिलवस्तु, २९ पुस ।
नेकपा एमाले कपिलवस्तुले सङ्गठन बिस्तारलाई तीव्रता दिएको छ ।
सङ्गठन बिस्तार अन्तर्गत नेकपा एमालेको पालिका स्तरीय कार्यकर्ताको भेलाले जिल्लाको यशोधरा गाउँपालिका कमिटीको अध्यक्षमा राकेश चन्द्र बारीलाई सर्वसम्मत चयन गरेको छ । त्यसै गरि उपाध्यक्षमा विवेकनन्द मिश्र, सचिवमा सिकन्दर अलि, उपसचिवमा कलिम अहमद चयन भएका छन् ।
भेलाले सदस्यहरूमा मुमताज पठान, युधिष्ठिर चौधरी, पवन रेखा पाठक, संदिप यादव, गौरी शङ्कर कुर्मी, राम अचल भुज र अरुण कुमार विश्वकर्मालाई चयन गरेको पार्टीका कपिलवस्तु नगरपालिकाका अध्यक्ष श्यामप्रकाश प्रजापतिले जानकारी दिए ।
वडा नम्बर ५ सुठौलीमा सम्पन्न भेलामा पार्टीका जिल्ला कमिटी अध्यक्ष बाबुराम खनाल, प्रदेश कमिटीका सदस्य खुम आचार्य, प्रदेश कमिटी सदस्य तथा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिर्घनारायण पाण्डेय, जिल्ला कमिटी सदस्य सरिता आचार्य, पूर्व जिल्ला कमिटी सदस्य राममिलन चौधरी र कपिलवस्तु नगरपालिकाका अध्यक्ष श्यामप्रकाश प्रजापतिको सहभागिता रहेको थियो ।
पछिल्लो समय नेकपा एमाले कपिलवस्तुले फागुन २१ गते लक्षित निर्वाचनको प्रचार प्रसार तथा सङ्गठन विस्तारलाई तीव्रता दिएको छ ।