© २०२३
काठमाडौँ । वर्दीमा राष्ट्रसेवा, स्वरमा क्रिकेटको जोश। सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर ई. पृथ्वीन्द्र खनाल (पृथ्वी) ले नेपाली क्रिकेटका लागि दमदार गित सार्वजनिक गरेका छन्।
आगामी टी–२० पुरुष विश्वकप २०२६ को माहोल तातिँदै गर्दा खनालको शब्द तथा संगीतमा तयार भएको गीत “नमस्ते नमस्कार” सार्वजनिक भएको हो।
भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपलाई लक्षित गर्दै तयार गरिएको यस गीतलाई “सुन्दर हिमाली राष्ट्र नेपालको क्रिकेट गान (Cricket Anthem of Himalayas) नाम दिइएको छ। म्युजिक भिडियोले नेपाली राष्ट्रिय क्रिकेट टोलीप्रति समर्थन, आत्मविश्वास र राष्ट्रप्रेमको सन्देश एकसाथ बोकेको छ।
लोकेन्द्र सुब्बाको संगीत संयोजन तथा निर्देशनमा तयार भएको भिडियोमा पृथ्वी खनालसँगै आर.सी. रिमाल, करणराज कार्की, प्रीति कौर, बुलेट फ्लो र डियोन को स्वर र अभिनयले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्ने बिश्वास लिएको देखिन्छ ।
सुरक्षाकर्मीको कठोर जिम्मेवारी र कलाकारको संवेदनशीलता एकै फ्रेममा देखिएको यो गीतलाई नेपाली क्रिकेट समर्थकहरूले विश्वकपअघि ऊर्जा दिने गितको रूपमा लिएका छन्।
उक्त म्युजिक भिडियो पृथ्वी खनालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।