Butwal Today

मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक : नियुक्ति, बढुवा र भ्रमण स्वीकृत (पूर्ण सूचीसहित)

२९ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सोमबार बसेको बैठकका निर्णयहरू मंगलबार जारी गरिएको हुन् ।

जसमा नियुक्ति, बढुवा, भ्रमण स्वीकृत लगायतका निर्णयहरू समावेश छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेका १९ निर्णयहरू सार्वजनिक गरेका छन् ।

उनका अनुसार सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतको सरुवा गर्ने निर्णय गरेको छ । सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि गरिएको छ ।

साथै, सरकारले २०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने ४९औँ सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्टमा कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।