© 2026
काठमाडौं, २९ पुस ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवार मनोनयनको समय थप गरेको छ ।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार, दिउँसो ३ बजेसम्मका लागि तोकिएको मनोनयन समय अब साँझ ५ बजेसम्म थपिएको हो । निर्वाचन समितिले सभापतिको उम्मेदवारी दर्ता शुल्क ३० हजार रुपैयाँ तोकेको छ ।
संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल चलिरहँदा निर्वाचन कार्यक्रम अघि बढाइएको हो । पटकपटक विभिन्न तहका नेताबीच भएका छलफल असफल भएपछि पनि निर्वाचन प्रक्रिया सँगसँगै अघि बढाइएको छ ।
विभिन्न १३ पदाधिकारी पदका लागि उम्मेदवारी दिन सकिने जानकारी निर्वाचन समितिले दिएको छ ।