Butwal Today

पार्टी फुटाउने अभियानमा सहभागी हुन्न : चन्द्र भण्डारी

२९ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सहभागी नहुने बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । उनले आफू केन्द्रीय समितिको बैठकमा पनि सहभागी भएको जानकारी दिएका छन् ।

यसअघि उनी कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागी भएका थिए ।