Butwal Today

कांग्रेस सभापतिमा उम्मेदवारी दिन तोकियो ३० हजार रुपैयाँ शुल्क

२९ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । समितिले निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ ।

समितिका संयोजक सीताराम केसीका अनुसार, सभापति पदका लागि उम्मेदवारी दर्ता शुल्क ३० हजार रुपैयाँ तोकिएको छ भने उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको जानकारी उनले दिए ।

समितिले आजै अपराह्न २ बजेदेखि मनोनयन दर्ता सुरु गर्ने जनाएको छ । मतदान कार्यक्रम आजै राति ९ बजे तोकिएको छ ।