© २०२३
दाङ ,२९ पुस ।
दाङमा बिजुलीको पोल सार्ने क्रममा करेन्ट लागेर दुई जना गम्भीर घाइते भएका छन् । निर्माणाधीन घोराही–तुलसीपुर सडकमा मंगलबार बिहान बिजुलीको पोल सार्ने क्रममा दुई जनालाई करेन्ट लागेको हो ।
घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरस्थित घोराही–तुलसीपुर फोरलेन सडक खण्डमा काम गरिरहेका बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ निवासी २० वर्षीय राज साहु र सोही ठाउँका २७ वर्षीय असीम खानलाई करेन्ट लागेको हो ।
साहुको पेट जलेको छ भने खानको अनुहार, घाँटी, हात र खुट्टा जलेको छ । घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको थियो ।
सडक विस्तारको क्रममा विद्युतीय पोल स्थानान्तरण गर्दा सावधानी नअपनाउँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।