© 2026
काठमाडौँ, २८ पुस ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल चलिरहेकाले महाधिवेशन अर्को दिनसम्म लम्बिएको हो ।
आइतबारदेखि सुरु भएको महाधिवेशन मंगलबारसम्म लम्बिएको कुरा विशेष महाधिवेशन प्रचार-प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए ।
उनले भने, “महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनमाथि छलफल घनिभूत रूपमा जारी छ । यो प्रक्रिया मंगलबार पनि चल्नेछ । त्यसपछि मात्र नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ ।”