ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता: १३ स्वर्णसहित कालिका प्रथम, होराइजन दोश्रो

२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

बुटवल । बुटवलमा जारी सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि कालिका मानवज्ञान माविले हात पारेकाे छ ।

बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा शनिबारदेखि सुरु भएको साताैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १३ स्वर्ण पदकसहित कालिका मानवज्ञान माविले उपाधि हातपारेकाे हो ।

उपाधिसँगै कालिकाले नगद २५ हजार पुरस्कार,शील्ड,कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा १२ स्वर्णसहित न्यु होराईजन द्वितीय भएको छ भने ६ स्वर्णसहित गार्गी एकेडेमी तृतीय भएको छ ।

द्वितीय भएको न्यु होराइजनले नगद १५ हजार पुरस्कारसहित कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय स्थान हाशील गरेको गार्गी एकेडेमीले १० हजार नगद पुरस्कार सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजयी विद्यालय तथा खेलाडीहरूलाई साेमबार बेलुका बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्याल,प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल,नगर खेलकुद विकास समितिका अध्यक्ष बाेनिन पियालगायतले पुरस्कार,शिल्ड,कप,मेडल र प्रमाणपत्र बितरण गरे ।

कार्यक्रममा बुटवल उपमहानरका उपप्रमुख सावित्रादेवी अर्यालले प्रतियोगिताले विद्यार्थीको खेल प्रतिभा उजार गर्नुका साथै सामुहिक भावना र प्रतिस्पर्धात्मक क्षमताको बिकास गर्ने विश्वास व्यक्त गरिन । खेलकूदको माध्यमबाट विद्यार्थीको शारीरिक तथा मानसिक बिकासमा टेवा पुर्याउन प्रतियोगिताले सहयोग पुग्ने उनले बताइन ।

बुटवल-११, एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आयोजित प्रतियोगितामा बुटवल उपमहानगर भित्रका ४२ विद्यालयहरुबाट १ हजार ५८८ विद्यार्थीहरुले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरेकाे खेलकूद बिकास समितिका अध्यक्ष बाेनिन पियाले जानकारी दिए ।

एकल प्रतिस्पर्धा तर्फ कराँते र तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय हनेलाई जनही क्रमशः २ हजार १ हजार ५ सय र १ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

प्रतियोगितामा सहभागी विद्यार्थीका लागि खेल अवधिमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गरी दुर्घटना बीमाको समेत व्यवस्था गरिएको नगर खेलकुद विकास समितिका सदस्य तथा खेल संयोजक शेरजङ्ग गुरूङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?