© 2026
काठमाडौँ ।
सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।
आज सुन तोलामा एकैदिन ४ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । आज चाँदी तोलामा २ सय ५ रुपैयाँले बढेर तोलाको ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९ सय ९० रुपैयाँ थियो ।