Butwal Today

समानुपातिक उम्मेदवारी फिर्ता गर्न ५४ जनाले दिए निवेदन

२८ पुष २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूचीबाट ५४ जनाले नाम फिर्ता गर्न निवेदन दिएका छन् ।

यो सूची सोमबार दिउँसो सवा ३ बजेसम्मको हो । निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकेको छ ।

सोही अनुसार, सोमबार दिउँसो सवा ३ बजेसम्म विभिन्न पार्टीका ५० जना उम्मेदवारहरूले आफ्नो नाम फिर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा नेकपा एमालेका ३ जना रहेका छन् ।

स्रोतका अनुसार, एमालेका खसआर्यतर्फ नाम राखेका ठाकुर प्रसाद शर्मा, मधेसी महिलातर्फ अंशु सिंह, आदिवासी जनजातीतर्फ विजयसिंह लामाले नाम फिर्ता गर्न निवेदन दिएका छन् ।

त्यस्तै, जनमत पार्टीका २० जनाले उम्मेदवारी फिर्ता गर्न निवेदन दिएको निर्वाचन आयोगका उच्च स्रोतले रातोपाटीलाई जानकारी दिएका छन् ।