Butwal Today

देउवाले बोलाए आफ्नो समूहको आकस्मिक बैठक

२८ पुष २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहको आकस्मिक बैठक बोलाएका छन् ।

देउवाले सोमबार अपराह्न ३ बजे महाराजगन्जस्थित निवासमा बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् । बैठकमा विशेष महाधिवेशन पक्षधरले बहुमत पुर्‍याएपछि संस्थापन समूहको रणनीति के हुने भन्नेबारे छलफल हुने बताइएको छ ।