ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सांस्कृतिक विविधताको पर्व माघी 

२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

माघ १ अर्थात् खिचडी आउनु पूर्व देशै भरी माघीको रौनक सुरु भैसकेको छ ।

तराईका आदिवासी थारु समुदायमा माघी आउनु पूर्व नै तयारी सुरु हुने गर्दछ । माघी सांस्कृतिक एकताको पर्व हो । पछिल्लो समय माघी साझा पर्व बन्दै गएको छ ।

गुरुङ, मगर, बाम्हण, क्षेत्री लगायत नेपालमा बसोबास गर्ने सवै धर्म संस्कृतिले माघीलाई उल्लासमय तरिकाले मनाउने गर्दछन् । माघी खासगरी थारु समुदायको सवैभन्दा महत्वपूर्ण पर्वको रूपमा लिने गरिन्छ ।

माघीमा गाउँका मुख्य व्यक्ति छान्ने, गाउँमा हुने विभिन्न कामको बाँडफाँड गर्ने, गएको वर्षभरिको कामको समिक्षा र नयाँ नीति नियम बनाउने आदि काम पनि थारु जातिले माघीकै अवसरमा गर्छन ।

वर्षभरिको हिसाबकिताब मिलाउने दिन पनि भएकाले थारु समुदायको आर्थिक वर्ष आरम्भका रूपमा पनि यो पर्वलाई लिने गरिएको छ । तर, पछिल्लो समय नेपालमा हरूवा चरुवाको परम्परा अन्त्य भैसकेकोले नयाँ वर्षको रूपमा मात्रै यो पर्वलाई उल्लासमय बनाउने गरिन्छ ।

माघे सङ्क्रान्ति ब्राम्हण समुदायमा हरेक बर्ष नेपालका बिभिन्न धार्मिक क्षेत्र जस्तै रिँडी, त्रिवेणी, देबघाट, राम्दी जस्ता तीर्थस्थलहरूमा स्नान गर्ने प्रचलन छ । कतिपय तिर्थस्थलहरूमा त सक्रान्तिको दिनमा मात्र नभएर पाँच दिनसम्म मेला लाग्ने गरेको छ ।

माघे सक्रान्तिका दिनबाट सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै मकर सक्रान्ती भनिएको हो भन्ने भनाई रहँदैआएको छ । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोटिँदै जाने धार्मिक विश्वास एवं बैज्ञानिक आधार छ । माघे सक्रान्तीका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, सखरखण्ड, आदी खाने चलन रहेको छ ।

पछिल्लो समय माघीको रौनक पहिलेजस्तो छैन । थारु समुदायमा जुन रौनक आउनुपथ्र्यो त्यो क्रमशः घट्दै गएको छ । यसतर्फ सम्वन्धित निकायको ध्यान जानु जरुरी छ । कुनैपनि जातजातिको संस्कृति संरक्षण गर्ने पहिलो दायित्व त्यही समूहको हुन जान्छ । त्यसकारण थारु समुदायका अगुवाहरू नै यस विषयमा गंभीर हुनु जरुरी छ ।

नेपाललाई चार जात छत्तिस वर्णको फूलवारी भनेजस्तै यहाँ रहेका मौलिक परम्पराको संरक्षणका लागि पनि ती जातजातिकै ध्यान जानु जरुरी छ ।  माघी आ–आफ्नो रीति, परम्परा र संस्कृति अनुसार विभिन्न स्थानमा विभिन्न धर्म समुदायले फरक तरिकाले मनाउँदै आएका छन् । तसर्थ माघीलाई सांस्कृतिक विविधताको पर्वको रूपमा मनाउने गरिएको छ ।

माघ आउनु पूर्व माघीको रौनक आउनु नेपालीमात्रको बिशेषता हो । पछिल्लो समय नेपालका धेरै परम्परा लोप हुँदै गएका छन् । आधुनिकतामा नाममा परम्परा मास्ने प्रवृत्ति बढ्दै जाँदा माघीको ऐतिहासिक महत्वलाई जोगाउनेतर्फ प्रयास गर्नु जरुरी छ ।

माघीको अवसरमा थारु कल्याणकारी सभाले विगतमा जस्तै यो बर्षपनि विभिन्न कार्यक्रम गरेर माघी महोत्सव मनाउँदै आएको छ । यो बर्ष बुटवलको कुञ्जलापुर र सैनामैनाको मुर्गियामा माघी महोत्सव आयोजना गरिएको छ । माघी महोत्सव थारु समुदायको लोप हुँदै गएको संस्कृति बचाउने अवसर पनि हो । माघीकै अवसरमा थारु समुदायको लोप हुँदै गरेका नाच संरक्षण गर्ने प्रचलन छ ।

त्यसैगरी थारु समुदायको खानपान पनि ऐतिहासिक महत्वको छ । ती पनि लोप हुँदै गएको अवस्थामा माघीले खानपान र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको छ । माघे सक्रान्तीको दिन बिहानै थारु समुदायका बच्चादेखि वृद्धसम्मले नदी तलाउ नजिकै भए त्यहीँं गएर नत्र घरमै नुहाउने चलन रहेको छ र यसो गर्दा पाप पखालिन्छ भन्ने जनविश्वास रहेको छ ।

जेहोस नेपालमा विभिन्न धर्म सम्प्रदायले आ–आफ्नै तरिकाले माघी उत्सव मनाईरहँदा यसको महिमा श्रीबृद्धिमा ध्यान जानु उत्तिकै जरुरी छ । आ–आफ्नो संस्कृति सम्पदा संरक्षण गर्ने दायित्व सवैको भएकोले माघीलाई सम्पदा संरक्षणको अभियानको रूपमा लिनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?