© 2026
काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने भएका छन् ।
बालेन शाहको सचिवालयका एक सदस्यका अनुसार उनले प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि राजीनामा दिने तयारी गरिरहेका छन् ।
‘उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ५ गते राजीनामा पेस हुने छ’, सचिवालयका ती सदस्यले बताए ।
राजीनामा दिएकै दिनपछि उनी निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्ने विषयमा छलफलमा छन् ।