ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सीप सिक्ने कक्षा, खाली बन्दै बेन्च

२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

रोल्पा, २८ पुस । 

रोल्पामा प्राविधिक शिक्षाप्रति आकर्षण घट्दै जान थालेको छ । स्थानीय स्तरमा चाहिने दक्ष प्राविधिक जनशक्ति स्थानीय स्तरमै उत्पादन गर्ने भन्दै सञ्चालन गरिएका ती शिक्षण संस्थाहरू विद्यार्थीको अभावमा रित्तिन थालेका छन् ।

स्थानीय तहहरूले समेत प्राविधिक जनशक्ति अध्ययन गर्ने आधारको रूपमा रहेका तल्ला कक्षाहरूमा लगानी नगरी, माथिल्लो तहका शिक्षण संस्था खोल्न प्रतिस्पर्धा गरेकाले यस्तो अवस्था सिर्जना भएको हो ।

रोल्पामा सात वटा स्थानीय तहका सात वटा विद्यालयहरूले कक्षा १–१२ मा प्राविधिक विषय पढाउँदै आएका छन् । जसमध्ये ५ वटा विद्यालयले बाली विज्ञान र दुई वटा विद्यालयले कम्प्युटर इन्जिनियरिङ विषय पढाउँदै आएका छन् ।

थवाङ गाउँपालिकाको वीर बलभद्र माध्यमिक विद्यालय थवाङ, परिवर्तन गाउँपालिका मौलावोट रांकोटमा रहेको नेपाल राष्ट्रिय मावि, माडी गाउँपालिकाको कृष्ण मावि घर्ती गाउँ, रुन्टीगढी गाउँपालिकाको भीमसेन मावि सैवाङ र लुंग्री गाउँपालिकाको गोकुल मावि सिर्पले बाली विज्ञान विषय पढाउँछन् ।

यस्तै, गंगादेव गाउँपालिकाको बुद्धि विकास मावि राँक र सुनिलस्मृती गाउँपालिकाको सूर्योदय मावि सुलिचौरले कम्प्युटर इन्जिनियरिङ विषय पढाउँदै आएका छन् ।

कक्षा ९–१२ मा उनीहरूले ४८/४८ जना विद्यार्थी पढाउने गरी कोटा सङ्ख्या समेत निर्धारण गरिएको छ । यसरी जिल्लाका ७ वटा विद्यालयले हरेक वर्ष ३३६ जना विद्यार्थीलाई प्राविधिक विषय पढाउन पाउने कोटा निर्धारण गरिएकोमा पछिल्ला वर्ष उक्त सङ्ख्यामा विद्यार्थी पाउन मुस्किल हुने गरेको छ ।

अघिल्लो शैक्षिक सत्र र चालु शैक्षिक सत्र दुई वर्षको अवस्था हेर्दा पनि यो सङ्ख्या निकै कम देखिने गरेको छ । शैक्षिक सत्र २०८१ मा जिल्लाका ७ वटा माध्यमिक विद्यालयहरूमा २०९ विद्यार्थी भर्ना भएका थिए ।

यो सङ्ख्या कुल भर्ना हुन पाउने कोटाको ६२ प्रतिशत हो । चालु शैक्षिक सत्रमा यो सङ्ख्या अझै घटी २४६ मा झरेको छ । चालु सत्रमा भर्ना भएका विद्यार्थीको यो सङ्ख्या ४३ प्रतिशत मात्रै हो ।

जसमध्ये थवाङ गाउँपालिकाको वीर बलभद्र मावि थवाङमा सञ्चालित कक्षा ९–१२ मा शैक्षिक सत्र २०८१ मा ३१ जना विद्यार्थी भर्ना भएकोमा चालु शैक्षिक सत्रमा यो सङ्ख्या २६ मा झरेको छ । परिवर्तन गाउँपालिकाको नेपाल राष्ट्रिय मावि मौलावोट राङ्कोटमा शैक्षिक सत्र २०८१ मा ४२ विद्यार्थी भर्ना भएकोमा चालु शैक्षिक सत्रमा यो सङ्ख्या १४ मा झरेको छ ।

यस्तै, माडी गाउँपालिकाको कृष्ण मावि घर्ती गाउँमा सञ्चालित कक्षा ९–१२ मा शैक्षिक सत्र २०८१ मा २८ विद्यार्थी भर्ना भएकोमा चालु शैक्षिक सत्रमा सामान्य वृद्धि भई यो सङ्ख्या ३० पुगेको छ । रुन्टीगढी गाउँपालिकाको भीमसेन मावि सैवाङमा सञ्चालित कक्षा ९–१२ मा शैक्षिक सत्र २०८१ मा २० जना विद्यार्थी भर्ना भएकोमा चालु शैक्षित्र सत्रमा २१ जना विद्यार्थी भर्ना भएका छन् ।

लुंग्री गाउँपालिकाको गोकुल मावि सिर्पमा शैक्षिक सत्र २०८१ मा ३४ जना विद्यार्थी भर्ना भएकोमा चालु शैक्षिक सत्रमा यो सङ्ख्या १८ मा झरेको छ ।

कम्प्युटर इन्जिनियरिङ विषय पढाइ हुने गंगादेव गाउँपालिकाको वुद्धि विकास मावि राँकमा शैक्षिक सत्र २०८१ मा २४ जना विद्यार्थी भर्ना भएकोमा चालु शैक्षिक सत्रमा यो सङ्ख्या १८ मा झरेको छ । सुनिलस्मृती गाउँपालिकाको सूर्याेदय मावि सुलिचौरमा शैक्षिक सत्र २०८१ मा ३० जना भर्ना भएकोमा चालु शैक्षिक सत्रमा यो सङ्ख्या १९ मा झरेको छ ।

विद्यार्थी सङ्ख्यामा भारी गिरावट आइरहेको जिल्लाको माध्यमिक विद्यालय तर्फको प्राविधिक धार तर्फको वार्षिक नतिजा समेत कमजोर देखिएको छ । अघिल्लो वर्ष जिल्लामा २१० जना प्राविधिक धार तर्फको एसइइ परीक्षामा सहभागी भएकोमा ५२ जना मात्रै उत्तीर्ण भएका थिए ।

यो नतिजा करिब २५ प्रतिशत मात्रै हो । अघिल्लो वर्षको एसइईमा साधारण तर्फ जिल्लामा ५० प्रतिशत भन्दा बढी नतिजा आएको थियो ।
प्राविधिक धारतर्फ अघिल्लो वर्ष सबभन्दा धेरै भीमसेन मावि सैवाङले विद्यार्थी उत्तीर्ण गराएको थियो । सो विद्यालयबाट २० जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ११ जना उत्तीर्ण भएका थिए ।

यो उत्तीर्ण प्रतिशत ५५ हो । यस्तै, गोकुल मावि सिर्पबाट ३४ विद्यार्थीले एसइई दिएकोमा १६ जना उत्तीर्ण भएका थिए । यो उत्तीर्ण प्रतिशत ४७ हो ।

यस्तै, वीर बलभद्र मावि थवाङबाट ३२ जनाले एसइई दिएकोमा १० जना उत्तीर्ण भएका थिए । यो उत्तीर्ण प्रतिशत ३१ हो । नेपाल राष्ट्रिय मावि मौलावोट राङ्कोटबाट ४२ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ८ जना उत्तीर्ण भएका थिए ।

यो उत्तीर्ण प्रतिशत १९ हो । कृष्ण मावि घर्तीगाउँबाट २८ विद्यार्थी सहभागी भएकोमा ३ जना उत्तीर्ण भएका थिए । यो उत्तीर्ण प्रतिशत ११ हो ।
जिल्लामा कम्प्युटर इन्जिनियरिङ विषय अध्यापन गर्ने विद्यालयको नतिजा झन् कमजोर देखिएको छ ।

कम्प्युटर इन्जिनियरिङ विषय पढाउने बुद्धि विकास मावि राँकले २४ र सूर्योदय मावि सुलिचौरले ३० विद्यार्थी परीक्षामा सहभागी गराएकोमा २/२ जना विद्यार्थी मात्रै उत्तीर्ण गराएका थिए । ती विद्यालयहरूको यो नतिजा क्रमशः करिब ७ र २५ प्रतिशत हो ।

यी कक्षा सञ्चालनका लागि सरकारले दक्ष जनशक्तिको व्यवस्था गर्दै आएको छ । बाली विज्ञान सञ्चालनका लागि कृषिमा स्नातकोत्तर गरेका दुई जना, स्नातक गरेका दुई जना, डिप्लोमा गरेका दुई जनाका साथै विज्ञान विषयमा स्नातकोत्तर दुई जना र एक जना ल्याब गरी ९ जना जनशक्ति उपलब्ध गराउँदै आएको छ ।

कम्प्युटर इन्जिनियरिङ लगायतका अन्य प्राविधिक विषय अध्यापनका लागि पनि सोही अनुसारको जनशक्ति व्यवस्थापन हुँदै आएको छ ।
रोल्पा मात्रै नभएर देशभर नै प्राविधिक शिक्षामा आकर्षण घटिरहेको शैक्षिक क्षेत्रका सरोकारवालाहरूको भनाइ छ ।

एक पालिका एक प्राविधिक विद्यालय भनिए पनि पालिकाहरूले यी विद्यालय प्रति खासै अपनत्व लिन सकेका छैनन् । गोकुल माध्यमिक विद्यालय सिर्पका शिक्षक गणेश रिजालले पालिकाभरबाट छनौट भएर आएका विद्यार्थीले अध्ययन गर्नुपर्नेमा साधारण तर्फको सेवा क्षेत्र झैँ सीमित सेवा क्षेत्रमा खुम्चिदा विद्यार्थीको अपेक्षाकृत आकर्षण हुन नसकेको बताए ।

“पालिकाहरूले हरेक वडाबाट कम्तीमा २÷२ जना विद्यार्थीलाई छात्रवृत्ति दिएर पढाउने व्यवस्था गर्न सके यसको निरन्तरतामा सहजता हुने थियो”–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?